नेपालको उत्कृष्ट शुरुवात, सन्दीप र करणले लिए अमेरिकाको चार विकेट | Khabarhub Khabarhub

नेपालको उत्कृष्ट शुरुवात, सन्दीप र करणले लिए अमेरिकाको चार विकेट


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिकामाथि नेपाली बलर हावी भएका छन् ।

किर्तिपुरस्थित टियू क्रिकेट मेदानमा जारी खेलमा ६ ओभर सकिँदा अमेरिकाले ४ विकेट गुमाएर २३ रन बनाएको छ ।

अमेरिकाविरुद्ध नेपालका करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ शुरुवात गरेको छ । जसमा सन्दीप र करणले दुई –दुई विकेट लिएका छन् ।

नेपालका लागि पहिलो विकेट सन्दीप लामिछानेले दिएका थिए । उनले अमेरिकाका ब्याटर आरोन जोन्स र मोनाङ्क पटेलको विकेट लिए भने करण केसीले जेभिएर मार्सल र स्टेभन टेलरको विकेट लिएका हुन् । करणले एकै ओभरमा २ विकेट लिएका हुन् । उनले तेस्रो ओभरको चौथो र अन्तिम बलमा विकेट लिएका थिए ।

अमेरिकाविरुद्ध नेपालले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  २ : २५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६