चार लाख घूससहित अख्तियारमा कार्यरत प्रहरी हवल्दार घिमिरे पक्राउ | Khabarhub Khabarhub

चार लाख घूससहित अख्तियारमा कार्यरत प्रहरी हवल्दार घिमिरे पक्राउ


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय टंगालमा कार्यरत प्रहरी हवल्दार बावुराम घिमिरे घुससहित पक्राउ परेका छन् ।

चार लाख २० हजार रुपैयाँ घुससहित हवल्दार घिमिरे र राजकुमार सुलाकारलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका निर्देशक (डीआईजी) निरज शाहीले जानकारी दिए ।

उनले सीआईबीमा कार्यरत प्रहरी रहेको बताउँदै सिआईबीले पक्राउ गर्नुपर्ने मान्छेहरुको सूचीमा तपाईंको रहेको भन्दै एक सुन व्यापारीसँग घूस लिएको पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ सूचीबाट नाम हटाइदिने भन्दै उनले सुन व्यापारीसँग २५ लाख रुपैयाँमा डिल गरेको डीआईजी शाहीले बताए । उनीहरुलाई सिआईबीले काठमाडौं जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

घिमिरे अख्तियारको कम्यूटर शाखामा कार्यरत थिए । सिआईबीको पक्राउ गर्नुपर्ने सूचीमा नाम नभए पनि उनले त्रास देखाएर घुस लिएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ९ : ३० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन