नेपाली फुटबलमा साहुखलको १०० गोल, ‘युटर्न’ ले बनेको कीर्तिमान ! | Khabarhub Khabarhub

नेपाली फुटबलमा साहुखलको १०० गोल, ‘युटर्न’ ले बनेको कीर्तिमान !



काठमाडौं – घरेलु फुटबलमा सन्तोष साहुखल नयाँ नाम होइन । २०६० को दशकमा घरेलु फुटबलमा उनले देखाएको चमत्कारिक प्रर्दशन अहिले पनि धेरैको सम्झनामा छ ।

२०६० सालमा सहिद स्मारक ए डिभिजन लिगमा ललितपुरे क्लब थ्री स्टारबाट लिगमा डेब्यु गरेका उनले सहिद स्मारक ए डिभिजन लिगको इतिहासमा १०० गोलको किर्तिमानी आफ्नो नाममा दर्ज गर्न सफल भएका छन् ।

बुधबार नेपाल पुलिसक्लव विरुद्ध गोल गर्दै च्यासल क्लबका खेलाडी साहुखलले १०० गोल गरेका हुन् । दशरथ रंगशालामा जारी खेलमा नेपाल पुलिस क्लव विरुद्ध एक शून्यले पछि परेको अवस्थामा सन्तोषले टिमका लागि १७ औं मिनेटमा गोल गर्दै गोलको शतक बनाए ।

सन्तोषले ए डिभिजन लिगमा डेब्यु गरिसकेपछि अन्य खेलाडीको जस्तो पछि फर्किनु परेन । उनले लिगमा आफूलाई टिकाइ राख्न त्यस्तै, मेहनत गरे । घरेलु फुटबलमा सन्तोषले आफूलाई गोल मेसिन कै रुपमा प्रमाणित गरे ।

त्यसकै फल हो, सन्तोषको नाममा घरेलु लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको किर्तिमानी बनेको छ । २०६० सालदेखि लगातार ए डिभिजन लिग खेलेका सन्तोषको गोल संख्या १०० पुगेको छ, यो नेपाली फुटबलको लिगको कीर्तिमान हो ।

उनले आफ्नो फुटबल करियरमा सबैभन्दा लामो समय थ्रि स्टारमा विताएका थिए । साहुखलले थ्रि स्टारबाट ६ सिजनको ए डिभिजन लिग खेले । जसमा उनले सबैभन्दा धेरै थ्री स्टारबाट मात्रै ७१ गोल गरे । थ्रि स्टारमा रहँदा साहुखलले सबैभन्दा धेरै विसं २०६६–६७ मा १९ गोल गरेका थिए ।

घरेलु फुटबलमा जमेका साहुखलले अन्तिम पटक २०७० सालमा ए डिभिजन लिग खेलेका थिए । उनले उक्त सिजनमा थ्री स्टारबाट खेल्दा ९ गोल गरेका थिए ।

त्यसपछि नेपाली फुटबल राजनीति ओरालो लाग्दा साहुखलको करियरले पनि अर्को बाटो लिएको थियो । उनी नेपालमा नियमीत लिग हुन छाडेपछि जापान भाँसिए । उनीमात्रै होइन, उनको समयका अधिकाशं खेलाडी त्यतिबेला घरेलु फुटबल राजनीतिको भूमरीमा फस्दा आफ्नो करियर बनाउन अनेक बाटो रोजे ।

सन्तोषले भने जापान रोजे । जापान पुगेका साहुखलले फुटबलमै लाग्ने अवसर पाए । उनले जापानी फुटबलको आठौं श्रेणीको लिग टिम एसएस इजुबाट खेल्न पाए । त्यहाँ उनी खेल्नेमात्रै होइन, एकेडेमीका खेलाडीलाई फुटबल पनि सिकाउन थाले ।

जापानमा रहँदा आफुलाई फिट राख्न सफल साहुखलले २०७० सालदेखि हुन नसकेको लिगले २०७५ मा पुनरागमन गर्दा काठमाडौं फर्किएका थिए । घरेलु लिगमा लामो समय थ्री स्टारमा रहेपनि लिगमा २०७५ मा काठमाडौं फर्किदा उनी ३ बर्ष अगाडिमात्रै ‘बि’ डिभिजनबाट ‘ए’ मा बढुवा भएको च्यासल युथ क्लबमा देखिए ।

साहुखल ‘ए’ डिभिजन लिगमा फर्किने हल्ला चलिरहँदा उनी थ्री स्टारबाटै फर्किने अनुमान धेरैले गरेका थिए । तर, तत्कालिन मुख्य प्रशिक्षक राजुकाजी शाक्यको नेतृत्वमा रहेको च्यासलबाट उनी लिगमा फर्किए ।

सन्तोषले थ्रीस्टार बाहेक एपीएफ क्लब, मनाङ र अहिले पछिल्लो दुई संस्करण च्यासमा गरिजम्मा ४ क्लबबाट घरेलु फुटबल खेलेका छन् ।
घरेलु फुटबलमा सय गोलको आँकडा पुरा गरेका सन्तोषले नेपाली राष्ट्रिय टोलीबाट सन् २००७ अक्टोबर २८ मा ओमानविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

उनी पहिलो पटक नेपालका लागि मैदान प्रवेश गर्दा ओमानविरुद्ध खेलको ७२ औं मिनेटमा जुमानु राईको स्थानमा मैदान प्रवेश गरेका थिए । तत्कालिन प्रशिक्षक श्याम थापाले शाहुखललाई राष्ट्रिय टोलीमा स्थान दिएका हुन् ।

राष्ट्रिय टोलीमा रहँदा समय समयमा चर्चामा आइरहने उनले नेपालका लागि ३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । शाहुखल नेपाली जर्सिमा अन्तिम पटक मैदानमा सन् २०१५ मा देखिएका थिए । २०१८ को विश्वकप छनोट अन्तर्गत भारतविरुद्धको खेल नेपालका लागि उनको अन्तिम खेल बनेको थियो ।

उक्त खेलमा उनले ५७ मिनेट खेलेपछि अनिल गुरुङले रिप्लेस गरेका थिए । त्यसयता उनले नेपालको जर्सि लगाएका छैनन् ।

९ नम्बरको जर्सि लगाएर मैदान उत्रिने सन्तोष घरेलु फुटबलमा गोल गर्न माहिर खेलाडी हुन् । जुन उनले प्रमाणीत गसिकेका छन् । कितिमानी खेलाडी सन्तोषले भने,‘म सय गोलका लागि नेपाल आएको भन्दा पनि क्लबलाई च्याम्पियन बनाउने लक्ष्यसहित आएको हुँ ।’

मंगलबार भएको अन्तरक्रियामा सामान्य रुपमा उपस्थित भएका उनी केही सम्यम र सजगताका साथ मिडियासामू पेश भएका थिए । उनले धेरै समय खेलाडीको फिटनेस र स्वभावमा कुरा गरे । उनी आफैपनि आफ्नो फुटबल करियरमा यसअघि भएका केही घटनाहरु नभएको भए हुँन्थ्यो भन्ने सोचिरहेको बताउँछन् ।

कुनै समय सन्तोष राष्ट्रिय टोलीमा नपर्दा, आफूले चाहेको जस्तो नहुँदा र मैदानमा रहँदा प्रशिक्षकले ‘सब्स्टीच्युट गर्दा समेत आक्रोसित हुने गर्थे । तर, अहिले उनलाई ती सबै कुरा एउटा अनुसाशीत खेलाडीले गर्नु हुँदैन भन्ने ‘फिल’ भएको उनी बताउँछन् ।

उनले अहिले आफु अनुसाशीत जीवन विताइरहेको बताउँछन् । ३१ बर्षको उमेरमा पनि फिट रहेर युवा खेलाडीलाई टक्कर दिइरहन उनको अनुशासीत जिवनले नै सघाएको पनि उनी मान्छन् ।

उनी यसो पनि मान्छन् नेपाली फुटबलरहरुमा अनुशानको कमी छ । उनीहरु आफैपनि आफ्नो करियरबारे सोच्दैनन् । सक्दो अभ्यास स्थलमा समयमा आउँदैनन् । खानपीनको मतलब गर्दैनन् । ‘यदि खेलाडी अनुसाशीत भएन भने अन्य खेलाडी भन्दा फरक हुन सक्दैन । फरक बन्नु छ भने अहिलेको समयमा मेहनत नगरि हुँदैन ।’

६० को दशकको सन्तोष भन्दा ३–४ बर्षको समय जापान बसेर काठमाडौं फर्किएको सन्तोषमा धेरै फरक रहेको बताउँछन् । ठिक र बेठिकमा भन्नुपर्दा उनी अहिलेको सन्तोष ठिक बताउँछन् । अहिलेको सन्तोष किन ठिक त ? भन्छन्,‘‘फास्ट, फिट, क्विक’ र परिपक्व भएको अहिले महसुस हुन्छ ।’

काठमाडौंमै जन्मिए हुर्किएका सन्तोष समयमै सिक्न पाएको भए अझै राम्रो गर्न सक्ने बताउँछन् । उनले जापानमा रहँदा आफुले धेरै मेहनत गरिरहेको उल्लेख गर्दै भने,‘यदि मैले अहिलेको जसरी कम उमेरमै सिक्न पाएको भए यो भन्दा धेरै राम्रो गर्न सक्थे ।’

३१ बर्षीय फुटबलर साहुखलको क्लब च्यासलका मुख्य प्रशिक्षक उनकै दाजु बालगोपाल साहुखल छन् । बालगोपाल सन्तोष आफ्नो भाईमात्रै नभएर एक असल मित्र पनि भएको बताउँछन् ।

‘नेपाली फुटबलमा सन्तोष ९ नम्बरमा अहिलेसम्मकै ‘बेस्ट’ स्टाइकर हुन् । मैले यस्तो नेपालका धेरै खेलाडी देखेको छैन् । उसकै जस्तो खेल्ने जुमानु राई पनि हुन् भने सन्तोष ९ नम्बरमा राम्रो स्टाइकर हुन्,’ सन्तोषको खेल्ने शैलिबारे बोल्दै प्रशिक्षक बालगोपालले भने,‘मैदानमा हुँदा खेलाडी र प्रशिक्षक भए पनि घरमा हामी दाजु भाई हौं । एक अर्कालाई हामी आवस्यक पर्दा सघाउँछौं ।’

नेपाली फुटबलर आधुनिक फुटबलमा घुलमिल हुन नसकेको साहुखलको बुझाइ छ । उनले नेपाली खेलाडी आफुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चुकेको बताएका छन् । उमेर, फिटनेसलगायत कुरालाई कारक मान्दै नेपाली खेलाडी बाहिर ‘अप्लाइ’ गर्न डराउँछन् ।
‘नेपाली खेलाडी विश्व फुटबलसँग डराइरहेका छन् । यीनीहरु मानसिक रुपमै आफुलाई कमजोर ठान्छन् । उमेर र फिटनेसलाई दोष दिन्छन्,’ क्लब फुटबलमा नेपालीपनि जानसक्ने संकेत गर्दै सन्तोष भन्छन्,‘आट ल्याउनु पर्यो । मेहनत गर्नु पर्यो, आफुलाई फिट राख्न सक्नु पर्छ । नेपाली खेलाडीमा क्षमता छ ।’

मिजासिलो स्वभावका साहुखल विश्व फुटबलमा बुढो रोनाल्डोको प्रशंसक रहेको बताउँछन् । उन विश्व फुटबलमा रोनाल्डोका समर्थक रहेको र नेपाली फुटबलमा निराजन रायमाझीको खेल शैलि आफुलाई मन परेको बताउँछन् ।

सय गोल पुरा गर्ने उदेश्यसहित नेपाल फर्किएका साहुखल आफ्नो किर्तिमानी सयौं गोललाई उत्सवका रुपमा मनाउने योजनामा भने छैनन् । ‘मेरो लक्ष्य सय गोल होइन । त्यसलाई सामान्य रुपमै ‘सेलिब्रेसन’ गर्छु । म यो सिजनमा १५–१६ गोल गर्ने लक्ष्यमा छु ।’

सन्तोषले आफ्ना खेल करियरमा हरि खड्कासँग खेल्दा छुट्टै आनन्द आउने गरेको बताएका छन् । उनले भने ‘मलाई अरु भन्दा पनि हरि खड्कासँग खेल्दा आनन्द आउँथ्यो । मैदानमा उहाँले गर्ने ‘आइ कन्ट्याक्ट’ ले धेरै खेलमा सहज हुन्थ्यो ।’

‘लिग खाली स्टेडियममा खेलिरहको छु’ 

ए डिभिजन लिगका तेस्रो चरणका खेल शुरु भएको छ । तर, अहिलेसम्म पनि लिगले नेपाली फुटबल समर्थकको साथ पाउन सकेको छैन् । खेलाडी मैदानमा खेलिरहँदा १२ औं खेलाडीका रुपमा रहने दर्शकको साथ नपाउँदा खेलाडीहरु पनि खल्लो लाग्न थालेको बताउँछन् ।

च्यासलका कप्तान सन्तोषलाई पनि लिग शुनसान जस्तै लागिरहेको बताएका छन् । उनले भने,‘दर्शक हुँदा छुट्टै किसीमको आनन्द आउँछ । तर, अहिले मलाई त खालि ‘स्टेडियमा खेलिरहेको महसुस भइरहेको छ ।’

सन्तोषले कुन क्लबबाट कति गोल गरे ?

विसं – २०६०
थ्री स्टार –६ गोल
विसं – २०६१
एपीएफ – ६ गोल
विसं – २०६२
थ्री स्टार –९ गोल
विसं – २०६३
थ्री स्टार – ११ गोल
विसं – २०६६–६७
थ्री स्टार – १९ गोल
विसं – २०६८
मनाङ – १६ गोल
विसं – २०६९
थ्री स्टार – १७ गोल
विसं – २०७०
थ्री स्टार – ९ गोल
विसं – २०७५
च्यासल – ३ गोल
विसं – २०७६
च्यासल – ४ गोल

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ३ : ४० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका