बूढानीलकण्ठ दुर्घटना: नायिका परमिता राणाले गल्ती स्वीकार्दै मागिन् माफी | Khabarhub Khabarhub

बूढानीलकण्ठ दुर्घटना: नायिका परमिता राणाले गल्ती स्वीकार्दै मागिन् माफी


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका परमिता राज्यलक्ष्मी राणाले राजधानीको बुढानीलकण्ठ नगरपालिका–५ बसपार्क नजिकै एक पैदल यात्रुको ज्यान जाने गरी कार दुर्घटना हुँदा आफू पनि कारमै सवार रहेको स्वीकार गरेकी छिन् ।

गत मंसिर २८ गते मादक पदार्थ सेवन गरेका चार जना सवार कारले ठक्कर दिँदा गोरखाकी ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनाको समयमा चार जना कारमा थिए । कारमा  सवार ३ जनाको नाम खुलाए पनि प्रहरीले परमिताको नाम गोप्य राखेको थियो । यद्यपि चौथो व्यक्ति भीआईपी कोही रहेको चर्चा सामाजिक सञ्जालमा चलेको थियो ।

घटना भएको एक महिनापछि परमिताले आफू उक्त कारमा सवार रहेको स्वीकार गरेकी छिन् ।

बा १४ च ६१२३ नम्बरको कारमा आफू पनि सवार रहेको परमिताले सामाजिक सञ्जालमार्फत बताएकी हुन् । उनले माफी माग्दै भनेकी छिन् – ‘म सबैसँग माफी माग्न चाहन्छु, चार जनाले लिएको मूर्ख निर्णयले एकजना निर्दोषको ज्यान गयो ।’

‘मैले यो एक खराब सपना होस् भनेर कामना पनि गरेँ, तर त्यो कारभित्र एक यात्रु म पनि थिएँ,’ परमिताले लेखेकी छिन्, ‘मैले ढिला भनेकोमा पनि माफी चाहन्छु तर म त्यो दुर्घटनाले दुखी थिएँ ।’

उनले उक्त दुर्भाग्यपूर्ण घटनाले दुःखी भएको बताएकी छिन् । परमिताले उक्त घटनापछि आफू धेरै चोटमा परेको र दुर्भाग्यपूर्ण घटनाले आफू मर्माहत भएको बताएकी छिन् ।

उनले चार छोरीहरुले मायालु आमा गुमाएको र श्रीमानले सहयोगी श्रीमती गुमाएको घटनाले आफ्नो जीवनमा पूर्ण रुपमा परिवर्तन ल्याएको बताएकी छिन् ।

‘केवल भगवानले जान्नुहुन्छ कि म हरेक बिहान मेरो हृदय र आत्मासँग कसरी उठ्छु र अझै शोक र शोकमा छु,’ उनले भनेकी छिन् ।

दुर्घटना भएपछि आफू घर पुगेपछि मात्र महिलाको मृत्यु भएको आफूले थाहा पाएको बताएकी छिन् ।

उनले आफू दुई वर्षको हुँदा कार दुर्घटनामा बुबालाई गुमाउनु परेको र त्यसयता आफूले अरुलाई कहिल्यै चोट पुर्‍याउन नसक्ने पनि बताएकी छिन् ।

परमिताले दुर्घटनापछि आफूले पहिलोपटक आमालाई फोन गरेको तर उनले नउठेको बताएकी छिन् । उक्त कारलाई २१ वर्षीय पृथ्वी मल्लले चलाएका थिए ।

अत्यधिक मदिरा सेवन गरी कार चलाइएकाले दुर्घटनामा परेको प्रहरीले बताएको थियो । कारमा नायिका परमिता राणा, करिश मास्के, एलिना थापा र पृथ्वी मल्ल सवार थिए । उनीहरू म‍ंसिर २७ गते शुक्रबार साँझ शिवपुरी, डाँडागाउँ गएका थिए ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १ : ०२ बजे

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त