जेएनयुमा दीपिका पुग्दा भड्किए दर्शक, भने – ‘छपाक’ नहेरौँ | Khabarhub Khabarhub

जेएनयुमा दीपिका पुग्दा भड्किए दर्शक, भने – ‘छपाक’ नहेरौँ


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्लीको जवाहरलाल युनिभर्सिटीमा भएको हिंसापछि बलिउड सेलिब्रेटीले निन्दा गरेका छन् । सेलिब्रेटीले भारतीयलाई सडकमा उत्रेर आन्दोलन गर्न अनुरोध समेत गरेका छन् ।

यसैबीच नायिका दीपिका पादुकोण घाइते विद्यार्थीलाई भेट्न जेएनयु पुगेकी छिन् । उनी जेएनयु पुगेपछि कतिपय दर्शकले उनको फिल्म रिजेक्ट गर्ने बताएका छन् ।

दर्शकले ‘छपाक’ लाई बाइकट गर्न भन्दै ट्वीटरमा ट्रेन्डिङ चलाएका छन् ।

भारतीय मिडियाका अनुसार दीपिका मंगलवार साँझ जेएनयु पुगेकी थिइन् । उनी त्यहाँ १० मिनेट जति बसिन् । यही विषयलाई लिएर दीपिकाको विरोध गरिएको छ ।

दर्शकले काटिसकेको टिकट पनि फिर्ता गरेको प्रतिक्रिया दिएका छन् ।

दीपिकाले विद्यार्थी युनियनकी अध्यक्ष आइशी घोषसँग पनि भेट गरेकी थिइन् । साथै दीपिकाले घाइते विद्यार्थीको समर्थन पनि जनाएकी थिइन् । यही विषयलाई लिएर फ्यान भड्किएका हुन् ।

आरोप लगाउनेहरुले एउटा ग्याङको समर्थन गरेको भन्दै दीपिकाको फिल्म नहेर्न अनुरोध गरेका हुन् ।

केही दिनअघि भारतको जेएनयु कलेजमा केही नकाबधारीहरुले शिक्षक र विद्यार्थीमाथि आक्रमण गरेका थिए । त्यसपछि यसको विरोधमा भारतमा आन्दोलन भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १० : ५७ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न