अब भूतपूर्व गोरखा सैनिकको सामाजिक सुरक्षा भत्ता नकाटिने | Khabarhub Khabarhub

अब भूतपूर्व गोरखा सैनिकको सामाजिक सुरक्षा भत्ता नकाटिने


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोरखा भूतपूर्व सैनिकहरुको सामाजिक सुरक्षा भत्ता नकाटिने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले सामाजिक सुरक्षा ऐन संशोधन अध्यादेशमार्फत यसअघिको विभेदपूर्ण निर्णय हटाइएकोमा स्वागत गरेको हो ।

यसअघिको सामाजिक सुरक्षा ऐन २०७५ को दफा १५ को खण्ड (ग) मा गरिएको व्यवस्थाअनुसार नियमितरुपमा अन्य कुनै सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था गरिएको थियो ।

सरकारले वि.स. २०७७ असार १७ गतेको निर्णय बाट बेलायती भूतपूर्व सैनिक, भारतीय भूतपूर्व सैनिक र सिंगापुर पुलिसका सदस्य तथा तीनका परिवारलाई दिदै आएको समाजिक सुरक्षा भत्ता कटौति गरेको थियो ।

तर सरकारले हालै अध्यादेशमार्फत ल्याएको संशोधनले भूतपूर्व सैनिक र उनीहरुका परिवारले यसै वर्षभित्रै सामाजिक सुरक्षा भत्ता पाउने गरी व्यवस्था गरेको गेसोका संयोजक कृष्ण कुमार राईले जानकारी दिए ।

उनले यसअघिको व्यवस्थाका कारण आफूहरुले नेपालभित्रै पनि गैर नागरिकको महशुस गरेको बताउदै अहिलेको निर्णयले न्याय पाएको बताए ।

यसअघि गेसोले सरकारको निर्णय विभेदकारी भएको भन्दै अविलम्ब फिर्ता लिन दबाबमूलक कार्यक्रम गर्दै आएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ७ : ४६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६