काठमाडौँ उपत्यकामा थपिए ४४२ कोरोना संक्रमित | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४४२ कोरोना संक्रमित


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४२ कोरोना संक्रमित थपिएका छन्।

मुलुकभर थपिएका १ हजार १४ संक्रमितमध्ये ४४२ जना काठमाडौं उपत्यकामा मात्र भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा ३४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन्।

यस्तो छ मन्त्रालयको तथ्यांक

नयाँ संक्रमितसँगै हालसम्म काठमाडौँ उपत्यका कोरोना संक्रमितको संख्या ९० हजार ७७२ पुगेको छ।  जसमध्ये ५ हजार ७४ जना सक्रिय संक्रमित छन् भने ४ सय १४ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म काठमाडौँमा मात्रै ८५ हजार २ सय ८४ जना निको भएका छन्।

यसैगरी ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १३ हजार ९०४ पुगेको छ। जसमध्ये १ सय २४ जनाको मृत्यु भएको छ भने १२ हजार ७ सय ४० जना उपचारपछि निको भएका छन्।

हाल ललितपुरमा १ हजार ४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

भक्तपुरमा हालसम्म संक्रमितको संख्या ८ हजार २२८ पुगेको छ।  जसमध्ये ४४४ जना उपचाररत छन्। ९६ जनाको मृत्यु भएको छ भने ७ हजार ६८८ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ४ : ४१ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको