जनशक्ति अभावमा प्रयोग भएन भेन्टिलेटर | Khabarhub Khabarhub

जनशक्ति अभावमा प्रयोग भएन भेन्टिलेटर


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- जिल्ला अस्पताल उदयपुरमा छ महिनाअघि जडान गरिएको दुई वटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा जडान गरिएको भए पनि यसलाई सञ्चालन गर्ने प्राविधिक जनशक्तिको अभावमा भेन्टिलेटरको प्रयोग हुन नसकेको हो ।

जिल्ला अस्पतालका प्रमुख डा.जीवनारायण मण्डलका अनुसार आकस्मिक कक्षका सास फेर्न गाह्रो हुने र सघन उपचार कक्षमा राख्नुपर्ने बिरामीका लागि पहिलोपटक गत असारमा जिल्ला अस्पतालमा ती भेन्टिलेटर जडान गरिएको हो ।

‘यसलाई सञ्चालन गर्ने जनशक्तिको व्यवस्थापन नहुँदा भेन्टिलेटर प्रयोगविहीन बन्न पुगेका हुन्’, उनले भने ।

भेन्टिलेटर प्रयोगमा नआउँदा आकस्मिक कक्षका बिरामी बाध्य भएर जिल्ला बाहिर रिफर गर्न परेको डा.मण्डल बताउछन् ।

अस्पताल विकास समितिका सदस्य महेश रोकाले भेन्टिलेटर सञ्चालन गर्ने प्राविधिक जनशक्ति उपलब्ध वा व्यवस्थापनका लागि पुनः सङ्घीय र प्रदेश सरकारसँग पटकपटक अनुरोध गरिएको तर अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताए ।

त्रियुगा नगरपालिका– ३ मोतिगडाका समाजसेवी ज्ञानबहादुर बस्नेत भन्नुहुन्छ, ‘प्राविधिक जनशक्ति व्यवस्थापन नहुँदा जिल्लावासीले गम्भीर अवस्थाको उपचार सेवा लिन अहिले पनि लाखौँ खर्च गरेर बाहिर जान बाध्य छन् ।’

 

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०