नेपालमा हालसम्म ८१ प्रतिशतले 'जिते' कोरोना संक्रमण  | Khabarhub Khabarhub

नेपालमा हालसम्म ८१ प्रतिशतले ‘जिते’ कोरोना संक्रमण 


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार ११४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् ।

वितेको २४ घन्टामा १० हजार ४२३ नमूना परीक्षणमा एक हजार ६७६ पुरुष र एक हजार ७७ महिला गरी दुई हजार ७५३ सङ्क्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९१ हजार ६३६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ८८७ पुरुष र ६२५ महिलासहित एक हजार ५१२ संक्रमित थपिएका छन् । प्रदेश १ मा ४९४, प्रदेश २ ७७, बागमती एक हजार ६९९, गण्डकीमा १३७, लुम्बिनीमा २१८, कर्णालीमा २५ र सुदूरपश्चिममा १०३ सङ्क्रमित थपिएका छन् ।

३५ हजार ४३५ सक्रिय सङ्क्रमित छन् । ती मध्ये ३६५ को आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ८७ पुगेको छ ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् । मनाङ र बाजुरामा सक्रिय सङ्क्रमित छैनन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ९ : ०० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका