इंग्ल्याण्डसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा, रबडाको पुनरागमन | Khabarhub Khabarhub

इंग्ल्याण्डसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा, रबडाको पुनरागमन


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिकाले पाहुना टिम इंग्ल्यान्डसँगको सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

क्रिकेट दक्षिण अफ्रिकाले नोभेम्बर २७ मा इंग्ल्यान्डसँग सुरू हुने एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिम घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाले क्विन्टन डी ककको कप्तानीमा २४ सदस्सीय टिमको घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाले घोषणा गरेको टिममा बलर ग्लेन्टेन स्टुरमानले पहिलो पटक स्थान बनाएका छन् । यस्तै कागिसो राबडा र जुनियर डालाले टिममा पुनरागमन गरेका छन् ।

दक्षिण अफ्रिकाले घरेलु मैदानमा इंग्ल्यान्डसँग ३ खेलको एकदिवसीय र ३ खेलकै टी-ट्वान्टी सिरिज खेल्नेछ ।

दुई टिमबीचको टी-ट्वान्टी सिरिज नोभेम्बर २७ मा सुरु हुनेछ । यस्तै डिसेम्बर ४ बाट एकदिवसीय सिरिज हुनेछ ।

 

 

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १ : ४४ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको