सकारात्मक सोचको शक्ति | Khabarhub Khabarhub

सकारात्मक सोचको शक्ति


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सकारात्मक सोचका बारेका धेरै चर्चा हुने गरेको छ । सकारात्मक सोचका अध्येता र प्रबर्द्धकहरूका अनुसार सकारात्मक सोचले भित्री आत्मालाई आश्चर्यजनकरूपमा स्वस्थ बनाउँछ । मानव मस्तिष्कमा सकारात्मक सोचले आफ्नो इच्छालाई यथार्थमा परिवर्तन गर्ने शक्ति हुन्छ ।

अन्वेषकहरूले सकारात्मक सोचका धेरै फाइदाहरू पत्ता लगाएका छन् । स्ट्यान्फोर्ड अनुसन्धान संस्थाको एक अध्ययनअनुसार मानिसको सफलता ८८ प्रतिशत सकारात्मक सोचको र १२ प्रतिशत शिक्षाको परिणाम हो । यसकारण तपाईंको सफलता तपाईंको सोचमा भर पर्छ ।

सकारात्मक सोचका प्रबर्द्धकहरूका अनुसार सकारात्मक जीवनभन्दा ठूलो अर्को कुनै आनन्द छैन । सकारात्मक सोचले तपाईं आफूलाई खुसी र ऊर्जावान महसुस गर्नुहुन्छ । भलाइको भावनाले तपाईंको दिमाग भरिन्छ । भविष्य उज्ज्वल देख्नुहुन्छ ।

अध्येताहरूका अनुसार सकारात्मक सोच दिमागको एक आशावादी राज्य हो । यसले सधैँ जीवनको उज्ज्वल पक्ष देख्छ र गिलास आधा खाली छ भन्नुको सट्टा आधा भरिएको छ भन्नेमा केन्द्रित हुन्छ ।

मानव मनोविज्ञानअनुसार दिमागले शरीरलाई नियन्त्रण गर्छ । तपाईं केही सरल उपायहरू अनुशरण गरेर आफ्नो क्षमता पत्ता लगाउन सक्नुहुन्छ । प्रत्येक व्यक्ति आफूले चाहेको कुरा हासिल गर्न आफ्नै दिमागमा प्रोग्रामिङ गर्न सक्षम छ । तपाईं सोचाइबाट आफ्नो व्यवहार गर्ने तरिका परिवर्तन गर्न सक्नुहुन्छ र एक सकारात्मक मानसिकता प्राप्त गर्न सक्नुहुन्छ ।

एक सकारात्मक मानसिकताले तपाईं जहिले पनि अधिक आनन्द, खुशी र स्वस्थ अनुभव गर्नुहुन्छ । तपाईंको तनावको स्तर कम गर्न मद्दत गर्छ । साधारणतया तपाईंको विश्वास तपाईंको दिमागले सोचेअनुसार हुन्छ । तपाईं सकारात्मक अवस्थाको पूर्वानुमान गर्नुहुन्छ भने सकारात्मक परिणाम पनि पाउनुहुन्छ । शरीर स्वस्थ राख्न दिमाग निकै महत्वपूर्ण पक्ष हुन्छ ।

तपाईं सकारात्मक सोचमार्फत आफूलाई स्वस्थ राख्न सक्नुहुन्छ । सकारात्मक सोचको शक्तिले मानिसलाई दैनिक जीवनका मामिलाहरू सामना गर्न सहज बनाउँछ । मानसिले आफू वरिपरिका अवसरहरू देख्छ, सत्य देखा पर्छ र कदम चाल्ने साहस प्राप्त हुन्छ ।

सकारात्मक सोचका प्रबर्द्धकहरूका अनुसार सकारात्मक जीवनभन्दा ठूलो अर्को कुनै आनन्द छैन । सकारात्मक सोचले तपाईं आफूलाई खुसी र ऊर्जावान महसुस गर्नुहुन्छ । भलाइको भावनाले तपाईंको दिमाग भरिन्छ । भविष्य उज्ज्वल देख्नुहुन्छ ।

सकारात्मक सोचलाई जीवनको एक मार्गको रूपमा अपनाउँदा तपाईंको जीवनमा रचनात्मक परिवर्तन आउँछ । जीवन उज्यालो र सफल हुन्छ । मनोविज्ञानको उदीयमान क्षेत्रले सकारात्मक सोचको शक्तिलाई वैज्ञानिक दृष्टिकोणमा लिन्छ । यसले केही आश्चर्यजनक खुलासाहरू गरेको छ ।

– सकारात्मक सोच एक यस्तो कौशल हो जसले खुशी सिर्जना गर्न सिकाउँछ ।

– खुशी जीवनमा सकारात्मक परिणामहरूको कारण हो, परिणाम होइन ।

– अरूको हितको लागि आफ्नो धन प्रयोग गर्दा गर्दा व्यक्ति खुशी हुन्छ ।

– आनन्दित व्यक्तिहरूमा गहिरो धार्मिक र आध्यात्मिक विश्वास हुन्छ ।

हामीमध्ये धेरैलाई सकारात्मक सोच के हो भन्ने थाहा छ तर कसरी सकारात्मक हुने वा कसरी सकारात्मक सोच विकास गर्ने भन्ने थाहा छैन । अध्येताहरूका अनुसार दिमागलाई सकारात्मक सोचमा बदल्न केही भित्री काम आवश्यक पर्छ ।

मनोवृत्ति र विचारहरू एकै रातमा परिवर्तन हुँदैनन् । तपाईं प्रेरणादायी साहित्य अध्ययन, ध्यान र प्रत्यक्ष अनुभवबाट दिमागको राज्यको सकारात्मक सोच विकास गर्न सक्नुहुन्छ ।

सकारात्मक सोच मानसिक दृष्टिकोण हो । वास्तविक र प्रभावकारी सकारात्मक सोचले व्यक्तिमा साँच्चै ठूलो सकारात्मक प्रभाव पार्छ ।

जब दिमागको राज्य आशावादी हुन्छ तब तपाईं दैनिक तनाव व्यवस्थापन गरेर रचनात्मक तरिकामा चलाउन सक्षम बन्नुहुन्छ । अध्ययेताहरूले केही सरल उपायहरू सिफारिस गरेका छन् जसको अभ्यासले तपाईंले आफूमा सकारात्मक सोच विकास गर्न सक्नुहुन्छ ।

मुस्कान : वैज्ञानिकरूपमा प्रमाणित भएको छ कि मुस्कानले तपाईंको समग्र मनोभाव र दृष्टिकोण सुधार गर्न सक्छ । मुस्कान सबैभन्दा राम्रो औषधि हो । मन, शरीर र आत्मा शान्त पार्न हाँस्नुहोस् । यसको अभ्यास गराउने योग र हाँसो क्लबमा सम्मिलित हुनुहोस् । तपाईंको मुस्कानले तपाईंको सामुन्नेमा रहेका अरूलाई पनि सकारात्मक बनाउन मद्दत गर्छ ।

निःस्वार्थ रूपमा अरूलाई मद्दत गर्नुहोस् : आफ्नो समय, बुद्धिमत्ता र पैसा दान गरेर अरूलाई मद्दत गर्नुहोस् ।

तपाईंको अहङ्कार हटाउनुहोस् : मानिसका लागि अहङ्कार खतरनाक मनोवृत्ति हो । अहङ्कारले मानिस अरू सबै खराब अनि आफूमात्रै असल र ज्ञानी देख्छ । सकारात्मक सोचका लागि अहङ्कार बाधक हुन्छ ।

कृतज्ञता दर्शाउनुहोस् : कृतज्ञ हुनुले तपाईंको जीवनमा अझ बढी खुसी ल्याउँछ । तपाईं धन्यवाद दिन कन्जुस्याइँ नगर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् : तपाईंको आफ्नो लक्ष्य र दैनिक काम निर्धारण गरेर अघि बढ्नुहोस् । तपाईंको प्राथमिकता निर्धारण गर्नुहोस् र सोहीअनुसार काम गर्नुहोस् । लक्ष्यले तपार्ईंलाई अग्रगामी हुन प्रेरित गर्छ ।

आफ्नो दिमागलाई तालिम दिनुहोस् : सकारात्मक विचारहरूमा ध्यान केन्द्रित गर्न तपाईंको दिमागलाई तालिम आवश्यक पर्छ । सकारात्मक सोचका व्यक्तिहरूको समूह बनाउनुहोस् र सहकार्य गर्नुहोस् । यसले तपाईंलाई स्वतः तालिम दिन्छ ।

जीवनशैली बनाउनुहोस् : सबै परिस्थितिमा आफूलाई स्थिर राख्नुहोस् र सकारात्मक दृष्टिकोण बनाउनुहोस् । सकारात्मक दृष्टिकोणलाई आफ्नो बानी र जीवनशैली बनाउनुहोस् ।

स्वस्थ आहारविहार गर्नुहोस् : स्वस्थकर खानाले तपाईंको दिमाग र शरीर दुवै स्वस्थ राख्न मद्दत गर्छ । दिमाग सक्रिय बनाउँछ । स्वस्थ प्राकृतिक वातावरण भएको ठाउँमा पैदल यात्रा गर्नुहोस् । आफ्नो दैनिक कार्यतालिकामा योग, ध्यान र प्राणायाम समावेश गर्नुहोस् ।

सङ्गीत सुन्नुहोस् : शान्त ठाउँमा मधुर आवाजमा आफूलाई मनपर्ने गीत सुन्नुहोस् । सङ्गीतको तालमा रमाउनुहोस् । यसले तपाईंको दिमाग स्वस्थ राख्न मद्दत गर्छ ।

उपर्युक्त १० वटा उपायहरू सरल छन् । हामी प्रत्येक व्यक्तिले अवलम्बन गर्न सक्छौँ ।

सकारात्मक सोच र यसबाट हुने लाभहरूका विषयमा अन्वेषकहरूले अन्वेषण जारी राखेका छन् । अन्वेषकहरूका अनुसार सकारात्मक सोचले शरीरको प्रतिरक्षा प्रणाली सुधार गर्छ । तपाईंलाई थप लचिलो बनाउँछ । जीवनका कठिनाइहरू पार गर्नसक्ने क्षमता विकास गर्न मद्दत गर्छ । तपाईंको आयु बढाउन मद्दत गर्छ ।

सकारात्मक सोच मानसिक दृष्टिकोण हो । वास्तविक र प्रभावकारी सकारात्मक सोचले व्यक्तिमा साँच्चै ठूलो सकारात्मक प्रभाव पार्छ ।

सकारात्मक सोचको शक्तिले तपाईंलाई आफ्नो लक्ष्यमा प्रतिबद्ध बनाउँछ । परिस्थिति जस्तोसुकै भए पनि प्रत्येक व्यक्तिले आफूमा सकारात्मक सोच उत्पन्न सिर्जना गर्न सक्छ । नकारात्मक मनोवाद गर्न बन्द गर्नुहोस् ।

सकारात्मक सोचका चिन्तकहरूले परिस्थितिलाई यथार्थमा हेर्ने प्रयास गर्छन् । परिस्थिति सुधार गर्ने तरिकाहरू खोज्छन् । अनुभवहरूबाट सिक्ने प्रयास गर्छन् । तपाईं सकारात्मक सोचका साथ अघि बढ्नुहुन्छ भने तपाईंको जीवनमा रचनात्मक परिवर्तन ल्याउँछ ।

आफूमा सकारात्मक सोचको अभ्यास गर्नुहोस् र सकारात्मक सोचको शक्ति थाहा पाउनुहोस् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ११ : २३ बजे

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर