३ करोड ५२ लाखभन्दा बढी मानिस संक्रमणमुक्त | Khabarhub Khabarhub

३ करोड ५२ लाखभन्दा बढी मानिस संक्रमणमुक्त

 नेपालमा निको हुने दर ८१ प्रतिशत


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्भर ३ करोड ५२ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ५७४ जना संक्रमणमुक्त भएसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ५२ लाख ५१ हजार ७२७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित संख्यामा दैनिक बृद्धि हुँदै गएको छ ।

पछिल्लो २४ घण्टा ६ लाख २३ हजार २६६ जनामा संक्रमण भएको छ । यसमध्ये ३ लाख १७ हजार ३९२ जना संक्रमित युरोपका मात्रै छन् ।

नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९६ लाख ५५ हजार नाघेको छ । अमेरिकामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ४८ हजार ५६६ पुगेको छ ।

उपचार गराइरहेका १ करोड ३१ लाख ५५ हजार १६१ मध्ये ९० हजार ८०८ जनाको अवस्था गम्भीर छ ।

युरोपेली मुलुकमा मात्रै पछिल्लो २४ घण्टामा ४ हजार ३७१ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ८७ हजार २९८ पुगेको छ ।

नेपालमा निको हुने दर ८१ प्रतिशत

नेपालमा पछिल्ला केही दिनयता संक्रमणमा भइरहेको बृद्धिभन्दा निको हुनेको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा निको हुने दर ८१ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका भन्दा १ हजार ५८९ बढी अर्थात ४ हजार ५०० जना निको भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

शुक्रबारसम्म नेपालमा कोरोना पुष्टि हुनेको संख्या १ लाख ८८ हजार ८८३ छ भने मृतक संख्या १ हजार ७० पुगेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : २५ बजे

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल