कतारको नयाँ श्रम कानूनबारे सरोकारवालाबीच अन्तरक्रिया | Khabarhub Khabarhub

कतारको नयाँ श्रम कानूनबारे सरोकारवालाबीच अन्तरक्रिया


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतार सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनी परिवर्तन गर्न पाइने नयाँ नियमबारे सरोकारवालाबीच अन्तरक्रिया भएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले नेपाली समुदायसंग भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेको हो ।

कतार सरकारले जारी गरेको श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनी परिवर्तन गर्न पाउने नयाँ कानूनबारे नेपाली समुदायसँग अन्तरक्रिया गरिएको संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

अन्तरक्रियामा कतार सरकारको सम्बन्धित मन्त्रालयका रोजगार खण्डको स्थानान्तरण प्रमुख यूसुफ अली अब्दुलनूर, कतारस्थित नेपाली दूतावासका श्रम परामर्शदाता श्रीकृष्ण प्रसाद खनाल, जागरूकता मार्गदर्शन प्रमुख अली सलाह अल खलाफ र श्रम संगठन श्रम सम्बन्ध विभागका निरीक्षण शाखा प्रमुख मोहम्मद सईद अल मारारीको उपस्थिति रहेको थियो ।

यस्तै एनआरएनए आईसीसी सचिव आरके शर्मा, एनआरएनए मध्यपूर्ब संयोजक प्रविण गुरूङ, एनआरएनए आईसीसी सल्लाहकार टीबी कार्की, एनआरएनए मध्यपूर्ब युवा संयोजक राज रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

नयाँ श्रम कानुनबारे जिज्ञासा भए एनआरएनए एनसीसी कतारको आधिकारिक इमेलमा पठाउन सकिने र त्यसबारे जानकारी दिइने बताइएको छ ।

कतारको नयाँ नियम अनुसार अब श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार रियाल हुनेछ । उनीहरूलाई खानाका लागि ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ८ : २५ बजे

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल