अमेरिकामा एकैदिन सर्वाधिक १ लाख २४ हजारमा संक्रमण, संक्रमित १ करोड नाघे | Khabarhub Khabarhub

अमेरिकामा एकैदिन सर्वाधिक १ लाख २४ हजारमा संक्रमण, संक्रमित १ करोड नाघे


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको दैनिक संक्रमण वृद्धिमा नयाँ कीर्तिमान कायम भएको छ ।

त्यहाँ तीन दिनयता लगायतार एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार एकै दिन १ लाख २३ हजार ७१८ जनामा संक्रमण देखिएको अमेरिकामा शनिबार १ लाख २४ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ५१ जनामा संक्रमण भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ५० हजार ९७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ८४ हजार ५७४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३४ लाख २३ हजार ३६३ जनामध्ये १८ हजार २१४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४२ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १८१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४२ हजार १६३ पुगेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ५ : ५९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६