सूचना प्रविधि क्षेत्रको आइसिटी अवार्ड मंसिरमा हुने | Khabarhub Khabarhub

सूचना प्रविधि क्षेत्रको आइसिटी अवार्ड मंसिरमा हुने


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइसिटी अवार्ड–२०२० आगामी मङ्सिरमा हुने भएको छ । साउन महिनामा हुने अवार्ड कोभिड–१९ का कारणले मङ्सिर महिनामा गर्न लागिएको अवार्डका संयोजक राजन लम्सालले जानकारी दिए ।

लिभिङ विट आइसिटी पत्रिकाले प्रत्येक वर्ष सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिलाई सन् २०१६ देखि अवार्ड प्रदान गर्दै आइरहेको छ । अवार्डका लागि अहिले छनोट कार्यसमेत भइरहेको उनले बताए ।

सूचना प्रविधिका क्षेत्रमा विभिन्न १३ विधामा अवार्ड प्रदान गरिन्छ । अवार्डका लागि अनलाइन आवेदन खुला गरेर अहिले छनोट चरण अन्तिममा पुगेको उनले बताए ।

अवार्डका लागि करिब ३५० अनलाइन आवेदन फाराम भरेका थिए ।

स्टार्टअप आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड, उत्कृष्ट स्टार्टअप अवार्ड, पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा, वमन आइकन, मिडिया पर्सन आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल एजुकेशन आइसिटी आइसिटी अवार्ड प्रदान गरिन्छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १ : ४६ बजे

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको