बहुउपयोगी छ गुर्जो, यसरी गर्नुहोस् सेवन | Khabarhub Khabarhub

बहुउपयोगी छ गुर्जो, यसरी गर्नुहोस् सेवन


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरसका कारण मानिसको जनजीवन अस्तव्यस्त छ । अझैसम्म खोप विकास हुन नसकेका कारण पनि कोरोना भाइरसले विश्वमा भयावह स्थिति सिर्जना बनेको छ ।

पछिल्लो समय कोरोना भाइरसको उपचारमा आयुर्वेदिक जडिबुटीको पनि प्रयोग हुन थालेको छ । हाम्रै वरपर पाइने गुर्जोको पनि प्रयोग हुन थालेको छ ।

पछिल्लो समय कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि गुर्जो खाने गरिन्छ । यसले मानिसमा हुने रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गरिन्छ । डाक्टरहरूले गुर्जो यसअघि कोरोना भाइरसको महामारीअघि पनि ज्वरो ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई पनि खान दिइन्थ्यो ।

दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि हिमाली क्षेत्रसम्मै पाइने आयुर्वेदका चिकित्सकहरू बताउँछन् ।

गुर्जो बहुउपयोगी जडिबुटी भएकाले यसले शरीरमा भएका अवगुणलाई बाहिर फाल्ने काम गर्छ । डाक्टरहरूका अनुसार यसको प्रयोगले हामीलाई फाइदा हुन्छ ।

गुर्जोमा पाइने एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसले यो खाएपछि अलि कमजोर भएको महसुस पनि गर्न सक्छन् । गुर्जोले केही समयका लागि चिनीको मात्रा घटाउने गर्छ ।

चिकित्सकका अनुसार गुर्जोको धुलो पाँच ग्राम उमालेर एक चौथाइ भएपछि दिनमा एकपटक खान सकिन्छ । यो नेपालमा धुलो वा डाँठका रुपमा उपलब्ध छ ।

डाँठ छ भने बूढीऔँला जतिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको गुर्जोलाई थिचेर टुक्रा बनाउने अनि पानीमा उमालेर आधा घटाइ दिनको एक कप खान सकिने चिकित्सकहरु बताउँछन् ।

गुर्जो खाना खानुभन्दा अघि त्यसले फाइदा गर्ने उनीहरूको सुझाव छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ३ : ४१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०