कोरोना देखिएपछि ट्राफिक प्रहरी कुट्ने ७ जना छुटे | Khabarhub Khabarhub

कोरोना देखिएपछि ट्राफिक प्रहरी कुट्ने ७ जना छुटे


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बिहीवार निषेधाज्ञाका बेला रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रदर्शन हुँदा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गर्ने ७ जना हाजिरी जवानीमा सोमवार रिहा भएका छन् ।

उनीहरूलाई ललितपुर प्रहरी परिसरले सोमबार छाडेको हो । पक्राउ परेकामध्ये ६ जनालाई कोरोना संक्रमण देखिएपछि छाडिएको हो भने एक जना दमको रोगी भएकाले छुटेका हुन् ।

परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको छ । प्रहरीले २० जनालाई पक्राउ गरेको थियो । तीमध्ये १० जना अझै हिरासतमा रहेका छन् भने पीसीआर रिपोर्ट आउन पनि बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ७ : १८ बजे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।