'सरकारले मुलुकलाई विश्व जगतसँग एक्ल्याउने काम गर्‍यो' | Khabarhub Khabarhub

‘सरकारले मुलुकलाई विश्व जगतसँग एक्ल्याउने काम गर्‍यो’


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्तमान सरकारले आन्तरिक राजनीतिमा बाह्य मामिला घोलेर दोबाटोमा पुर्‍याएर मुलुकलाई विश्व जगतसँग एक्ल्याउने काम गरेको निष्कर्ष राजनीतिज्ञ एवं कूटनीतिज्ञहरुले निकालेका छन् ।

सोमबार ‘नेपालको कूटनीति दोबाटोमा’ विषयक भर्चुअल अन्तरक्रियामा बोल्दै राजनीतिज्ञ एवं कूटनीतिज्ञहरु यस्तो धारणा राखेका हुन् ।

भूराजनीतिको जटिल अवस्थामा रहेको नेपालको कूटनीतिलाई हल्का रूपमा प्रस्तुत गरेर मुलुकलाई नै असहज पार्ने काम कम्युनिष्ट नेतृत्वले विगतदेखि नै गर्दै आएको उनीहरूको आरोप छ ।

वर्तमान नेतृत्वको बेलगाम बोली र कार्यशैलीले मुलुकको विश्व सम्वन्ध निकै असजिलो मोडमा पुगेको उनीहरूको ठहर छ । ‘यस्तो असहजता मुलुक भित्र कहिल्यै आएको थिएन,’ डा शेखर कोइरालाले आयोजना गरेको ‘नेपालको कूटनीति दोबाटोमा’ विषयक भर्चुअल अन्तरक्रियामा वक्ताहरूले भने, ‘मुलुकलाई दुर्घटना तर्फ उन्मुख गराउने छुट कसैलाई छैन । वर्तमान नेतृत्वले जानी जानी मुलुकभित्र असहजता निम्त्याउँदै एक्लो पार्ने काम गरेका छन् ।’

कोभिडले विश्व नै अलमलमा परेको अवस्थामा नेपाल सरकारले भने त्यससम्बन्धि काम गर्न नसकेको र जनतालाई घरमा थुन्ने र नचाहिँदा क्षेत्रमा खर्च गर्ने कार्य मात्र गरेको उनीहरूले बताएका छन् ।

मित्र मुलुकहरूसँग सम्बन्ध किनारा लगाउने काम भएकाले जनता निराश भएको बहसले निष्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुन नरसिंह केसीले विश्वको आँखा यतिबेला नेपालमा भएको तर यहाँको नेतृत्वले यसलाई वेवास्ता गर्दै वैचारिक सम्वन्ध भएका मुलुकसँग मात्रको सहकार्यले उत्तर कोरियाको झल्को दिन सक्ने बताए ।

पूर्वमाओवादी र पूर्वएमाले मिलेर नेकपा बनेको वर्तमान सरकार मात्र नभई दल नै बालुवाटारबाट चल्दा त्यो बालुवाटार आम जनताको नभई नेकपाको झैं भएको आभास दिलाएको उनले दाबी गरे ।

कांग्रेस नेता डा शेखर कोइरालाले सरकारमा रहेको दल आन्तरिक झगडामा अलमलिने र जनता भोकभोकै रहनुपर्ने अवस्था निम्त्याएको र बाह्य सम्बन्ध ध्वस्त पार्ने काम भएको बताए ।

दुईपक्षीय र बहुपक्षीय सम्बन्ध यतिबेला धुमिल बनाउने काम किन गरियो यसमा जनता चनाखो बनेको उनले बताए । एक छिमेक विरूद्ध अर्को प्रयोग गर्ने र शक्ति मुलुकबाट आएको सहयोगमा विरोध गर्ने काम दलभित्रैबाट गराएर सहयोग नभई ऋणमा मुलुकलाई फसाउने कार्यतर्फ सरकार उन्मुख बनेको बताए ।

छायाँ परराष्ट्रमन्त्री समेत रहेको कांग्रेस नेता डा नारायण खड्काले कांग्रेसले कूटनीतिक मामिला र आन्तरिक विषयमा चासो देखाएर नै काम गरिरहेको दाबी गरे ।

उनले कांग्रेस कुनै पनि सम्वन्धलाई नबिगारी विश्व मन्चमा नेपाल सक्रिय रहनुपर्नेमा नेपालको वर्तमान नेतृत्वले त्यसतर्फ ध्यान दिन नसकेको बताए ।

पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले सरकारले कूटनीतिलाई मजाक बनाएको बताए । कूटनीतिक यस्तो शैलीमा चल्दैन भन्दै यस्ता विषयमा सचेत हुँदै प्रमुख प्रतिपक्षले पनि ध्यान दिनुपर्ने बताए ।

प्रमुख प्रतिपक्षले सामाजिक संजालको प्रयोगमा समेत चुकेको तर सरकारमा रहेकाहरूले यसको दूरूपयोग गर्नू खतरनाक देखिएको प्रष्ट पारे ।

अर्का पूर्व परराष्ट्र सचिव एवं राष्ट्रसंघका पूर्व उप महासचिव ज्ञानचन्द्र आचार्यले पनि विश्व परिवेशबाट नेपाललाई एक्ल्याउने काम वर्तमान सरकारले गरेको बताए । छिमेक र शक्ति मुलुक भन्दा पनि अन्य बैचारीक धारणा मिल्ने मुलुक निकट बनाउनु दुखद हो । साना मुलुकहरूको नेतृत्व समेत गरेको नेपाल यतिबेला वर्तमान नेतृत्वकै कारण अलमलमा परेको बताए ।

पूर्व राजदूत डा दिनेश भट्टराईले पनि आफ्नो अतिराष्ट्रवादको नाराले मात्र मुलुकको मुहार फेरिदैन भन्दै अहिले सरकारले सबैलाई चिढाउने र आफ्नो मुलुकको भूराजनीतिक अवस्थिति बिर्सने काम गरिरहेको बताए । भूगोल र पानीको महत्त्वलाई मनन गरेर सम्वन्धमा ध्यान दिनुपर्ने बताए ।

दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमख निश्चलनाथ पाण्डले सार्कको अध्यक्ष समेत रहेको नेपालले कोभिडको समयमा त्यसमा काम किन गर्न नसकेको भन्दै यस्तो समयमा नेतृत्व लिएर काम गर्नुपर्ने बताए । त्यसमा खास काम किन गर्न सकेन भन्दै यसलाई चिर्न आवश्यक रहेको बताए ।

भाष्कर कोइरालाले नेपाल भारत चीन सहकार्य गर्न पर्ने वर्तमान अवस्थामा नेपालको राजनीतिक असहजताले थप अन्य जटिलता थपिएको बताए । अमेरिका र चीनबीच प्रतिष्पर्धा मात्र छैन सहकार्य पनि रहेको उनले धारणा राखे ।

डा विजन पन्तले रेमिट्यान्सले पार्ने असर एकातिर छ भने अर्को तर्फ बीआरआई र आईपीएसको चपेटा पनि रहेको बताए । यसमा सरकार चुकेको उनको विश्लेषण छ । बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले पनि नेपालको कूटनीतिक छविमा आँच आएको बताए ।

कूटनीतिक मामिलामा लेख्दै आएका पत्रकार अनिल गिरीले विश्व नै अति राष्ट्रवाद र पपुलिष्ट नेतृत्वको कब्जामा जाँदै गर्दा नेपाल पनि त्यसको शिकार हुँदै गएको बताए ।

गिरीले छिमेकसँग मात्र होइन अन्य मुलुकसँग पनि नेपालको सम्वन्ध धरापमा पर्दै गएकोले नेतृत्वमा रहेको दल र कम्युनिष्ट पार्टीको सहकार्य प्रशिक्षण आफैमा विवादीत रहेको भन्दै कूटनीतिक आधार विगार्ने काम गरेको बताए ।

पत्रकार चन्द्रशेखर अधिकारीले विश्व शक्ति सन्तुलन एक ध्रुवियबाट बहुध्रुवीय हुँदा हामीले भारत र चीनसँगको सम्बन्धलाई समदुरीमा मात्र नभई मुलुक पिच्छेको सम्वन्धको आधार कायम गर्न आवश्यक रहेको बताए ।

उनले भ्याक्सिन कूटनीतिको चपेटामा समेत नेपाल फस्दै गएको बताउँदै यसको विगत तर्फ ध्यान नदिएको बताए । कार्यक्रममा अन्य वक्ता तथा टिप्पणीकर्ताले नेपालको असहज परिस्थिती र वर्तमान सरकारको लापरवाहीप्रति चिन्ता ब्यक्त गरे ।

सत्तामा रहनेको ध्यान कमाउने तर्फ गएको र विचौलियाको विगविगी भएको विषयमा पनि उनीहरूको चासो थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : ०७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका