जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध तीन वर्षपछि फुकुवा | Khabarhub Khabarhub

जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध तीन वर्षपछि फुकुवा


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध तीन वर्षपछि हटाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएकी हुन् ।

मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचार गर्दै जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय खुलाउने निर्णय गरेको हो ।

३ वर्ष अगाडि तत्कालीन भूमि सुधार मन्त्री गोपाल दहितले जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।

कृषियोग्य जमिनमा प्लटिङ बढेर जग्गा खण्डिकरण बढेको भन्दै कित्ताकाटमा लगाइएको प्रतिबन्ध ३ वर्षपछि हटाइएको हो ।

यो प्रतिबन्ध हटेसँगै प्लटिङ गर्नेहरूका लागि सहज हुने भएको छ भने घरपरिवारभित्रै पनि अंशबण्डाका लागि कित्ता काट गर्दा स्थानीय तहबाट लिनुपर्ने सिफारिससहितका अन्य प्रकियागत झन्झट हटेको छ ।

यसअघि स्थानीय निकायको अनुमतिमा जग्गाको कित्ताकाट खुलेपनि यो व्यवस्था झन्झटिलो रहेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउने सहितको सुझाव मन्त्रालयलाई दिएको थियो ।

अख्तियारको सुझावपछि मन्त्रालयले जग्गा कित्ताकाटमा लगाइएको प्रतिबन्ध हटाएको हो ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  २ : ०६ बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र