स्थगनको डेढ महिनामा डाकियो नेकपाको स्थायी कमिटी बैठक | Khabarhub Khabarhub

स्थगनको डेढ महिनामा डाकियो नेकपाको स्थायी कमिटी बैठक


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टीको आन्तरिक विवादले पटकपटक स्थगित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक डेढ महिनापछि डाकिएको छ ।

गत साउन १३ देखि अनिश्चित बनेको स्थायी कमिटी बैठक भदौ २६ मा हुने गरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन्।

सोमबार बिहान महासचिव विष्णुप्रसाद पौडेलसहित अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलले बैठक बोलाउने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण पटकपटक स्थगित हुँदै आएको थियो ।

नेतृत्वको कार्यशैली र सरकार सञ्चालनमा असहमती जनाउँदै बहुसंख्यक स्थायी कमिटी सदस्यले ओलीको राजीनामा मागेपछि बैठक भाँडिएको थियो ।

विवाद उत्कर्षमा पुगेपछि महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्दै विवाद हल गर्ने प्रयास भएको थियो । उक्त कार्यदलले भदौ ६ मा बुझाएको प्रतिवेदनले ओलीलाई महाधिवेशनसम्म दुबै पदमा र दाहाललाई पूर्ण कार्यकारी अधिकारसहितको जिम्मेवारी दिन सुझाव दिएपछि तत्काललाई विवाद हल हुने ठानिएको छ ।

कार्यदलले सुझाव प्रतिवेदन पेश गरेपछि नेकपाको सचिवालय बैठकमासमेत बसिसकेको छ। १८ भदौको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय गरिसकेको छ।

अब स्थायी कमिटी बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल ‍हुनेछ । त्यसअघि ओली र दाहालबीच ठोस सहमति जुटाउने तयारी छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ११ : २९ बजे

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को