नेसन्स लिग : वेल्सको लगातार दोस्रो जित | Khabarhub Khabarhub

नेसन्स लिग : वेल्सको लगातार दोस्रो जित


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबलमा बुल्गेरियालाई हराउँदै वेल्सले लगातार दोस्रो जित निकालेको छ ।

पहिलो खेलमा फिनल्याण्डलाई १-० ले हराएको वेल्सले बुल्गेरियालाई पनि समान १-० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

कार्डिफ सिटी स्टेडियममा आइतबार राति भएको खेलमा वेल्सलाई जित दिलाउन निको विलियम्सले निर्णायक गोल गरे ।

खेलको इन्जुरी समयमा लिभरपुलका युवा खेलाडी विलियम्सले गोल गर्दै वेल्सलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

घरेलु मैदानको फाइदा उठाउँदै जित निकालेको वेल्सले २ खेलमा ६ अंक जोडेको छ । जितसँगै लिग ‘बी’ समूह चारमा वेल्स शीर्ष स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ५ : २० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०