आज थपिए ४६४ कोरोना संक्रमित, ४२५ डिस्चार्ज (विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए ४६४ कोरोना संक्रमित, ४२५ डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुग्यो


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

विहीबार संक्रमितको संख्या २१ हजार ७५० थियो । हालसम्म ६ हजार ३३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापका एकजना, सुनसरीका एकजना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा मोरङका २९ जना, प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३५ जना, झापाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै जगेन्द्र नारायण सिहं अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १० जना,सर्लाहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नरायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ४ जना, पर्साका १३४ जना, रौतटका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सिन्धुपाल्चोकका एकजना, ललितपुरका ३ जना, काठमाडौंका १४ जना, नुवाकोटका ८ जना, सर्लाहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, बाराका २ जना, कैलालीका २ जना, काठमाडौंका ३९ जना, सर्लाहीका २ जना ललितपुरका ३ जना, पर्साका २ जना, रौतहटका एकजना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराका २ जना, मकवानपुरका ४ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, धनुषाका एकजना, भक्तपुरका एकजना, ललिपुरका २ जना र कास्कीका एकजनामा कोेरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बाँकेका एकजना, काठमाडौंका ४ जना, बाराका एकजना र बर्दियाका एकजनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ७ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ११ जना, ललितपुरका एकजना, पर्साका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डीआइडीएच ल्याबमा गरिएको परीक्षणमा ललितपुरका १ जना र काठमाडौंका २ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमाडौंका एकजना, स्याङ्जाका एकजना र पर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका २ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका एकजना र कास्कीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका एकजना र नवलपरासीका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २८ जना, बर्दियाका १४ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कालिकोटका ४ जना, सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरिया हेल्थ केयर काठमाडौंमा गरिएको परीक्षणमा ४ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका एक जना, कैलालीका १७ जना र कंचनपुरका एकजनामा कोरोना संक्रणण पुष्टि भएको छ ।

२४ घण्टामा थप ४२५ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ८१४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

विहीबारसम्म निको हुनेको संख्या १५ हजार ३८९ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

भारतीय सीमा क्षेत्रमा कोरोनाकाे संक्रमण फैलिएको हुँदा साबधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ । काठमाडौं उपत्यका लगायत घना बस्ती भएका क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : ५१ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही