बुबा मिर्गौलापीडित, छोराको करेन्ट लागेर मृत्यु | Khabarhub Khabarhub

बुबा मिर्गौलापीडित, छोराको करेन्ट लागेर मृत्यु


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – साविक जामुने गाविसको गुणादी दभुङ घर भई हाल व्यास नगरपालिका–४ मा बस्दै आएका रामलाल श्रेष्ठको दुवै मिर्गौलाले काम गर्न छाडेको १८ महिना भयो ।

लामो समयसम्म शिक्षण पेशामा आबद्ध श्रेष्ठले त्यसयता नियमित डायलासिस गर्दै आएका छन् । केही समय पोखरामा डायलासिस गराएका श्रेष्ठले हाल दमौली अस्पतालमा हप्ताको दुई दिन डायलासिस गराइरहेका छन् ।

घरको मूल व्यक्ति नै मिर्गौलाको रोगी भएपछि श्रेष्ठ परिवारमा एक प्रकारको पीडा थियो । उपचारका लागि आर्थिक अभाव भएपछि श्रेष्ठ परिवारले सहयोगका लागि अपिल गरिरहेको थियो तर श्रेष्ठ परिवारमाथि अर्को ठूलो बज्रपात आइपरेको छ ।

रामलालका छोरा ३० वर्षीय सुवास श्रेष्ठको गत साउन २१ गते व्यास नगरपालिका–१ भादगाउँमा करेन्ट लागेर ज्यान गएको छ । वर्ल्डलिङ्कमा विगत एक वर्षदेखि कार्यरत श्रेष्ठले कामकै शिलशिलामा करेन्ट लागेर ज्यान गुमाए ।

मिर्गौलाले काम गर्न नसकेपछि शिक्षण पेशाबाट राजिनामा दिएर उपचार गर्दै आएका ५५ वर्षीय श्रेष्ठलाई आर्थिक अभावकै कारण आफ्नो उपचारका लागि समस्या भइरहेका बेला छोराको निधनले थप पीडा भएको उनलाई नजिकबाट चिन्ने सञ्चारकर्मी विवि श्रेष्ठले बताए ।

“श्रेष्ठको उपचारका लागि केही सहयोग गर्न सकिन्छ भनेर रकम सङ्कलन गर्न अभियान सञ्चालन गर्न लागेका थियौं”, उनले भने, “तर एक्कासी एकदमै दुःखद् घटना घट्यो ।”

रामलालका श्रीमती यशोदालाई श्रीमानको दुवै मिर्गौला फेल भएपछि पीडा त छँदै थियो छोराको निधनले थप पीडा दिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १२ : ४० बजे

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं– दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति 

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको मानविकी तथा