ट्रम्प प्रशासनको आलोचक डाक्टर फाउचीलाई ज्यान मार्ने धम्की ! | Khabarhub Khabarhub

ट्रम्प प्रशासनको आलोचक डाक्टर फाउचीलाई ज्यान मार्ने धम्की !


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना नियन्त्रणका लागि ट्रम्प प्रशासनको चर्को आलोचक मानिएका अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूलाई ज्यान मार्ने धम्की आएको तथा छोरीलाई पनि अनाहकमा दुःख दिइएको उनको भनाइ छ ।

‘मलाई र मेरो परिवारका सदस्यलाई मार्ने धम्की दिने, मेरा छोरीहरुलाई पनि दुःख दिने ताकि मैले आफ्नोलागि सुरक्षाकर्मी राख्नुपरोस् ।’ यो त अस्वाभाविक भयो,’ ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डाक्टर फाउचीले सीएनएनसँग कुराकानीमा भने ।

उनले आफूलाई धम्की दिने व्यक्ति को हुन् भन्नेबारे चाँही केही पनि खुलाएका छैनन् । कोरोना नियन्त्रणको सवालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्ति र व्यवहारको उनी चर्को आलोचकसमेत हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ५९ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही