‘गो ब्याक चाइना’ भन्दै दूतावास अगाडि नेबिसंघको प्रदर्शन | Khabarhub Khabarhub

‘गो ब्याक चाइना’ भन्दै दूतावास अगाडि नेबिसंघको प्रदर्शन


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुसँग गरेको भेटवार्ता मर्यादाविपरीत भन्दै नेविसंघका युवाहरुले मंगलबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

नेविसंघका कार्यकर्ताहरुले राजदूत यान्छीको तस्बिर र प्ले कार्डसहित प्रदर्शन गरेका हुन्। नेकपाभित्र चर्को विवाद भइरहेको बेला यान्छीले नेताहरुलाई घरमै गएर भेटेपछि विरोध प्रदर्शन भएको हो ।

उनीहरुले यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको आरोप लगाएका छन् ।

यान्छीले केहीदिन अघि नेकपाका वरिष्ठ माधवकुमार नेपाललाई भेटेकी थिइन भने आज बिहान मात्रै वरिष्ठ नेता झलनाथ खनालसँग निवासमै पुगेर भेट गरेकी थिइन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ७ : ४७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६