कोरोना कहर : यो वर्षको चाइना मास्टर्स र डच ओपन प्रतियोगिता रद्द | Khabarhub Khabarhub

कोरोना कहर : यो वर्षको चाइना मास्टर्स र डच ओपन प्रतियोगिता रद्द


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व व्याडमिन्टन महासंघ (बीडब्ल्यूएफ)ले  कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण थप दुई अन्तर्राष्ट्रिय प्रतियोगिता रद्द गर्ने निर्णय गरेको छ ।

बीडब्ल्यूएफले मंगलबार चाइना मास्टर्स र डच ओपनको यो वर्षको संस्करण रद्द गर्ने निर्णय गरेको हो ।

यो वर्षको बीडब्ल्यूएफको क्यालेन्डरबाट १०० भन्दा बढी प्रतियोगिताहरु रद्द हुने अवस्था आएको विज्ञप्तिमा भनिएको छ ।

यसमा चाइना मास्टर्स २०२० तथा योनेक्स डच ओपन २०२० पनि परेका हुन् ।

चाइना मास्टर्स फेब्रुअरी २५ देखि मार्च १ सम्म आयोजना हुने तय भएको थियो । तर, महामारीका कारण दुईपटक सर्दै यो अहिले प्रतियोगिता रद्द भएको हो ।

यस्तै, डच ओपन अक्टोबर ८ देखि ११ सम्म हुने तय भएको थियो । तर, महामारी नरोकिएपछि प्रतियोगिता रद्द गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ७ : ०७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६