काठमाडौं उपत्यकाका २७६ संक्रमितमध्ये ७९ जना विदेशबाट आएका | Khabarhub Khabarhub

काठमाडौं उपत्यकाका २७६ संक्रमितमध्ये ७९ जना विदेशबाट आएका


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले नेपालमा ९९ प्रतिशत कोरोना संक्रमितमा लक्षण नभएको जानकारी दिएका छन् ।

डा पाण्डेका अनुसार हालसम्म १६ हजार १६८ जना संक्रमितमध्ये ९७ प्रतिशत अन्य देशबाट नेपाल आएका व्यक्तिहरु हुन् ।

हालसम्म २ लाख ६० हजार व्यक्तिको पीसीआर परीक्षण गरिएकोमा ७ प्रदेशमध्ये प्रदेश २ र ५ मा बढी संक्रमित भएको डा पाण्डेले बताए ।

उनले सुदुरपश्चिम प्रदेश बढी जोखिममा रहेको पनि जानकारी दिए ।  उनले बागमती र गण्डकी प्रदेशमा कम संक्रमित भएको बताए ।

डा पाण्डेले नेपालमा समुदायमा कोरोना संक्रमण नफैलिएको पनि दाबी गरे ।

‘अहिलेसम्म किन समुदायमा संक्रमण छैन भन्नुपर्दा नेपालमा ८७ प्रतिशत पुरुष छन्, उनीहरु पनि १५ देखि ५४ वर्ष उमेरका छन्, जो श्रम गर्न अरु देशमा गएका व्यक्ति हुन्,’ डा पाण्डेले भने, ‘विदेशमा श्रम गर्न जाँदा उहाँहरु संक्रमित हुनुभयो र फर्केर हाम्रो आइसोलेसन र क्वारेन्टाइन सेन्टरमा बस्नुभयो, उहाँहरुको जाँचपर्ताल गर्दा रोग देखियो ।’

डा पाण्डेले समुदायमा कोरोना संक्रमण फैलिएको भए नेपालमा महिला र पुरुष संक्रमितको संख्या समान हुने बताए ।

छिटफुट रुपमा काठमाडौं उपत्यकामा संक्रमित भेटिए पनि समुदायमा संक्रमण फैलिएको अवस्था भने नरहेको उनले बताए ।

उनले नेपालमा ३ प्रतिशत यात्रा विवरण नभएका स्थानीयमा कोरोना संक्रमण भएको पाइएको बताए । ती संक्रमितहरु पनि क्वारेन्टाइनमा बसेका तथा उक्त स्थानमा सेवामा खटिएका व्यक्तिहरुमा कोरोना संक्रमण भेटिएको डा पाण्डेले बताए ।

‘यो कोरोना भाइरस समुदायमा आउन सक्छ,’ डा पाण्डेले भने, ‘तर अहिलेको स्थिति यो समुदायसम्म पुगिसकेको स्थिति होइन ।’

काठमाडौं उपत्यकामा फैलिएको ?

लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको डा पाण्डेले जानकारी दिए । डा पाण्डेका अनुसार २६७ जना काठमाडौं ठेगाना भएका व्यक्तिहरु कोरोना संक्रमित छन् ।

ती मध्ये १७५ जना काठमाडौं जिल्लाका, ४१ जना ललितपुर र ४३ जना भक्तपुरमा रहेका छन् । ती मध्ये ७९ जना संक्रमितहरु विदेशबाट हवाइ उद्धारमार्फत नेपाल आएका व्यक्तिहरु हुन् ।

डा पाण्डेका अनुसार हवाइ उद्धारमार्फत नेपाल भित्रिने व्यक्तिहरुको कोरोना परीक्षण गरेर नपठाइएकाले विदेशबाट उद्धार भएकाहरुमा संक्रमण बढी देखिएको छ । लकडाउनको समयमा हवाइ उद्धार मार्फत नेपाल आएका १७ हजार जना व्यक्ति मध्ये ३५ प्रतिशतले मात्र कोरोना परीक्षणको रिपोर्ट लिएर आएको डा गौतमले जानकारी दिए ।

यस्तै ३५ प्रतिशतले आरडीटी परीक्षण गरेर आएका र अन्य व्यक्तिले कुनै पनि परीक्षण नगरी कोरोना फ्रि लेखिएको कागजात मात्र लिएर आएको डा पाण्डेले बताए ।

यस्तै कतिपय व्यक्तिहरु कोरोनाको लक्षणसहित नेपाल आएको डा पाण्डेले बताए । एउटै विमानमा सबैले पीसीआर परीक्षण गरेर आएका व्यक्तिहरुको ७ दिनभित्र होम आइसोलेसनमा जान सकिने व्यवस्था गरीएको पनि डा पाण्डेले बताए ।

यस्तै पीसीआर परीक्षण गरिएका तथा नगरिएका व्यक्तिहरु एउटै विमानमा आएमा उनीहरुलाई होटल, क्वारेन्टाइन वा सरकारी क्वारेन्टाइन तथा होल्डिङ सेन्टरमा राख्ने गरिको डा पाण्डेले बताए ।

साउदी अरेबिया, कुवेत, माल्दिभ्स लगायका देशबाट आउने केही नेपालीहरु कोरोनाको लक्षणसहित स्वदेश फर्किएको डा पाण्डेको भनाइ छ ।

यस्तै काठमाडौंमा उपत्यका बाहिरबाट आएका प्रहरीलाई छलेर उपत्यकामा आएका तर कन्ट्याक ट्रेसिङमा नपरेका व्यक्तिहरुबाट कोरोना संक्रमण भएको डा पाण्डेले बताए ।

यस्तै उपत्यकाका विभिन्न अस्पतालमा शल्यक्रिया गर्नुपर्ने, प्रसूती गराउनुपर्ने, अन्य कारणले उपचार गर्न अस्पतालमा जाँदा परीक्षण गर्दा संक्रमित भएको डा पाण्डेले बताए । उनीहरु लक्षण विहीन संक्रमित भएको डा पाण्डेले बताए ।

उनले यस्ता व्यक्तिहरु काठमाडौं, लतिपुर र भक्तपुरका विभिन्न ठाउँमा रहेको बताए ।

डा पाण्डेका अनुसार काठमाडौंका कपन, महाराजगंज,चन्द्रागिरी, बुढानिलकण्ठ, बल्खुटार, नैकाप, लगायतका क्षेत्र, भक्तपुरका सल्लाघारी, बालकोट, चाँगुनारायण लगाएको क्षेत्र र ललितपुरका चाँपागाउँ, धोवीघाट, गोदावरी, भैँसेपाटी लगायतका क्षेत्रबाट संक्रमित अस्पतालमा गएको र अस्पतालमा पुगेपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएका छ ।

स्रोत नभएका संक्रमितको संक्रमणको स्रोत पत्ता लगाउन संक्रमित देखिएका उपत्यकाका १२ स्थानमा कोरोना परीक्षण शुरु गरीएको डा पाण्डेले बताए ।

ती मध्ये तीनकुने र नख्खुटोलका २२८ जनामा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको र अन्य ९ स्थानको पनि नमुना संकलन गरिएको र रिपोर्ट आउन बाँकी रहेको डा पाण्डेले बताए । उनले नेपालमा एक सयभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको बताए ।

सरकारले केही दिनभित्र बैंक तथा अस्पताल क्षेत्र, स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरु लगायतका ४५ हजार व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी भइरहेको पनि बताए ।

‘काठमाडौंको के स्थिति छ, स्रोत नभएका संक्रमित कहाँबाट आए भनेर जानकारी लिन, जोखिम समुहहरु पत्ता लगाएर, मान्छेको भिड भएका बैंक, स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाव्यक्तिहरु, क्यान्सर, डायलाइसिस गरिएका व्यक्तिहरु र विभिन्न रिक्स जोममा रहेकाको स्याम्पल लिएर करिव ४५ हजार व्यक्तिहरुको  (काठमाडौं लगायत बाहिर)का जिल्लाहरुमा पनि तुरुन्तै आरटी पीसीआर गर्छौं,’ डा पाण्डेले भने, ‘साँच्चै कम्युनिटीमा संक्रमण जान खोजेको हो वा होइन निर्क्योल गरेर उहाँहरुलाई जानकारी गराउने छौं ।’

डा पाण्डेले काठमाडौंमा मानिसहरु रोगसँग लड्ने क्षमता छ, लक्षण विहीन संक्रमित छन्, मृत्यु पनि कम छ भन्दै बलिया छौं भनेर राम्रोसँग सतर्कता नअपनाएको बताए । उनले सरकारी तथा निजी अस्पतालमा संक्रमित भेटिएका स्वास्थ्यकर्मीहरुलाई पनि हरेक दिन निसंक्रमणको प्रिभेन्सन गर्नुपर्ने पनि बताए ।

उनले विदेशबाट आउनेहरुलाई पनि नेपाल आउनुअघि पीसीआर टेष्ट गरेर मात्र पठाउन विदेशी मुलुकलाई आग्रह गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ५ : ४७ बजे

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध