हिरानीको फिल्ममा पञ्जाबी युवक बन्दै शाहरुख ! | Khabarhub Khabarhub

हिरानीको फिल्ममा पञ्जाबी युवक बन्दै शाहरुख !


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘जीरो’ को असफलतापछि शाहरुख खान घरमै बसिरहेका छन् । उनले नयाँ फिल्ममा काम गर्नमा खासै चासो देखाएका छैनन् ।

अब उनी नयाँ र दमदार स्किृप्ट भयो भने मात्र फिल्ममा काम गर्ने मनशायमा छन् । उनका लागि पछिल्ला केही वर्ष राम्रा रहेनन् ।

शाहरुखका केही फिल्म चलेनन् । जसले गर्दा उनलाई नम्बर वान अभिनेता पनि मान्न छोडियो । उनलाई थाहा छ, अब उनी लामो समय फिल्म क्षेत्रमा धमाका मच्चाउन सक्दैनन् ।

लकडाउनका बेलामा पनि शाहरुखले दर्जनौं स्किृप्ट पढेका छन् । तर, उनलाई धेरै स्किृप्ट चित्त बुझेको छैन ।

यतिबेला खबर आएको छ कि, शाहरुखले अब राजकुमार हिरानीसँग काम गर्दैछन् ।

हिरानी बलिउडका त्यस्ता निर्देशक हुन्, जसले एकपछि अर्को हिट फिल्म दिएका छन् । फिल्म मुन्नाभाइ एमबीबीएस, थ्री इडियट्स लगायत फिल्म हिरानीले शाहरुख खानसँगै बनाउन चाहन्थे । तर, फिल्ममा शाहरुखको सट्टा अरु नै अनुबन्ध भए ।

शाहरुख खान सफलताको रथमा हुँदा उनलाई हिरानीको जरुरी पनि थिएन । तर, अब चाहन्छन् कि हिरानीसँग कुनै फिल्ममा काम गर्न पाइयोस् ।

हिरानीले निर्माण गर्न लागेको फिल्मको कथा वैदेशिक रोजगारीको कहानीमा आधारित छ । पञ्जाबबाट कैयन् युवा क्यानडा गएका छन् ।

जसकारण क्यानडा अब मिनी पञ्जाब भइसकेको छ । युवती पनि क्यानडामा हुने युवकसँगै बिहे गर्न चाहन्छन् ।

यस्तै कथामा हिरानीले फिल्म निर्माण गर्न लागेको चर्चा बलिउडमा छ । जुन फिल्मको शीर्ष भूमिकामा शाहरुख खान हुनेछन् ।

फिल्मको स्किृप्टलाई अन्तिम रुप दिइँदैछ । त्यसपछि शाहरुख र हिरानीले भेट गर्नेछन् । अहिले फिल्मको लोकेशनको खोजी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : ५६ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस