दीपकराज गिरी भन्छन् – मेरो लक्ष्य कहिल्यै महानायकको घरतिर मोडिएन | Khabarhub Khabarhub

दीपकराज गिरी भन्छन् – मेरो लक्ष्य कहिल्यै महानायकको घरतिर मोडिएन


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दीपकराज गिरीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल बनाइरहेका छन् । उनी ट्रोल आफ्ना कारणले भएका भने होइनन् ।

एक अन्तर्वार्ताका क्रममा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाललाई पत्रकारले महानायक बनाइदिएको अभिव्यक्ति दिएकी थिइन् ।

उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा दीपाको खुबै विरोध भएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताले राजेश हमाललाई महानायक नभनेको भन्दै विरोध जनाएका थिए ।

ट्रोलको शिकार भएपछि दीपाश्रीले सामाजिक सञ्जालमार्फत माफी मागेकी थिइन् ।

दीपाले माफी मागे पनि फ्यानले उनको विरोध गर्न छोडेका छैनन् । यता अभिनेता दीपकराज गिरीले पनि दीपाश्री विवादमा आइरहेका बेला भइरहेको विरोधलाई केलाउँदै एक स्टाटस लेखेका थिए ।

गिरीको स्टाटसपछि फ्यान उनीमाथि पनि खनिएका छन् । हमालका फ्यानले दीपकराज गिरीलाई महानायक भन्दै व्यङ्ग्य गरेका छन् ।

यसैबीच गिरीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू कहिल्यै पनि महानायकको घरतिर नमोडिएको बताएका छन् । उनले लेखेका छन्, ‘जबदेखि कलाकार भएँ, हरि (हरिवंश आचार्य) दाइ, मदन (मदनकृष्ण श्रेष्ठ) दाइ र सन्तोष पन्त दाइजस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थें, मेरो बाटो कहिल्यै पनि महानायकको घरतिर मोडिएन ।’

उनले आफूले कलाकारिता थालेदेखि नै हास्यकलाकार हुन चाहेको तर महानायक बन्न नचाहेको बताएका छन् । ‘मेरो गल्तीविना नै मलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद,’ उनले भनेका छन् ।

दीपाश्रीलाई समर्थन गरेको भन्दै दीपकराज गिरीलाई विनाकारण महानायकको उपाधि दिँदै व्यङ्ग्य गरिएपछि गिरीले यस्तो भनाइ राखेका हुन् । उनी अगाडि लेख्छन्, ‘जब असत्य चिच्याइ चिच्याइ बोलेर भीड जम्मा गरिरहेको हुन्छ भने सत्यले चुपचाप आफ्नो बाटो हिँड्नु राम्रो ।’

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  २ : २२ बजे

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

इलाम पुगेर ओलीले भने : सधैँभरी गठबन्धन गरेर देश बन्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने