बझाङका पहिरोपीडितको बिचल्ली, राहत सामग्री बाटैमा अलपत्र | Khabarhub Khabarhub

बझाङका पहिरोपीडितको बिचल्ली, राहत सामग्री बाटैमा अलपत्र


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – बझाङको केदारस्यँु गाउँपालिका–८, मल्लेसीमा गत शुक्रबार राति अविरल वर्षासँगै गएको पहिरोमा परेर विस्थापित भएका २० घरपरिवार बिचल्लीमा परेका छन् ।

उनीहरूमध्ये केही आफन्तको घरमा छन् भने गाइभैँसीको गोठमा बसेका छन् । पहिरो गएको चार दिन भइसकेको छ तर न कुनै राहत पाएका छन् न सुरक्षित बासस्थान ।

पहिरोका कारण बाटो बिग्रेर सदमुकाम चैनपुरबाट पठाइएको राहत सामग्री बाटोमै थन्किएकोले विस्थापित परिवारको व्यवस्थापन गर्न कठिन भएको वडा नम्बर ८ का वडाध्यक्ष गणेश बोहराले बताए । उनले भने, ‘जसोतसो आफन्तहरूसँग समन्वय गरी छाना (गोठ) मा भए पनि विस्थापित परिवारको व्यवस्थापन गरेका छौँ ।’

बोहराका अनुसार प्रदेश सरकारले पठाएको राहत सामग्री जिल्लाको केदारस्युँ गाउँपालिका–९ को झुतामा थन्किएको छ । उनले भने, ‘घटनास्थलबाट झुता पुग्न झन्डै ३ घण्टाको बाटो छ । त्यो पनि पहिरोले बगाएर पैदल जान सक्ने अवस्था छैन ।’

खराब मौसममा राहत सामग्री नपाउँदा विस्थापित परिवारले बिचल्ली भएको वडाध्यक्ष बोहराले बताए । गाउँपालिकाले खाद्यान्नको लागि स्थानीय किराना पसलसँग समन्वय गरिदिएको उनले बताए । वडाध्यक्ष बोहराले भने, ‘खराब मौसमका कारण पाल टाँगेर बस्नसक्ने अवस्था पनि छैन, समस्या छ ।’

उनका अनुसार उक्त पहिरोमा परी जनधन गुमाएका २० परिवारमा १५१ जना छन् । विस्थापित परिवारको राहत तथा घर निर्माणका लागि प्रदेश सरकारसँग आग्रह गरेको वडाध्यक्ष बोहराले बताए ।

पहिरोमा पुरिएका ७ जनामध्ये ६ जनाको शव फेला परे पनि २२ वर्षका गिरि जेठारा अझै भेटिएका छैनन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १ : २७ बजे

दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा छ जना खेलाडी सहभागी हुँदै

काठमाडौं– प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा  ६ खेलाडी सहभागी हुने

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका

सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी