दुर्गेश थापालाई लाग्यो गीत चोरीको आरोप ! | Khabarhub Khabarhub

दुर्गेश थापालाई लाग्यो गीत चोरीको आरोप !


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापामाथि गीत चोरीको आरोप लागेको छ । उनले हालै रिलिज गरेको ‘बीच्च बीच्चमा २’ बोलको गीतमा अन्तरा चोरी गरेको आरोप लागेको हो ।

उक्त गीतमा ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने अन्तरा सुन्न सकिन्छ । जुन अन्तरा लोककवि अली मियाँको एक गीतमा पनि प्रयोग गरिएको छ ।

‘आकाशमा बादलु डम्मै छ’ बोलको गीतलाई गायक प्रेमराजा महत र हरिदेवी कोइरालाले एक दशकअघि गाएका थिए । दुवै गीत युट्युबमा पनि उपलब्ध छन् । त्यही गीतको अन्तराले दुर्गेशले जस्ताको तस्तै आफ्नो गीतमा प्रयोग गरेपछि उनी विवादमा तानिएका हुन् ।

गायक दुर्गेश थापाले भने आफूले गाउँतिर सुनेका आधारमा गीतमा उक्त अन्तरा प्रयोग गरेको प्रतिक्रिया दिएका छन् ।

दुर्गेशको ‘बीच्च बीच्चमा २’ ले चर्चा कमाइरहेको छ । गतवर्ष उनले ‘बीच्च बीच्चमा’ बोलको गीत सार्वजनिक गरेका थिए । उक्त गीतले उनलाई वर्षभरि नै चर्चामा ल्याएको थियो ।

साथै तिहारको अवसर पारेर सार्वजनिक गरिएको गीत ‘ह्याप्पी तिहार’ ले भने उनलाई विवादमा तानेको थियो । विवादपछि दुर्गेशले सो गीत युट्युबबाट हटाएका थिए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १० : ५६ बजे

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक

डा. आरजु राणाको शल्यक्रिया सम्पन्न

 काठमाडौं– पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय