प्रदेश २ नीति तथा कार्यक्रम : कृषि र पशुपालन प्राथमिकतामा | Khabarhub Khabarhub

प्रदेश २ नीति तथा कार्यक्रम : कृषि र पशुपालन प्राथमिकतामा


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा कृषि र पशुपालनलाई प्राथमिकतामा राखेको छ ।

आइतबार प्रदेशसभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा माछा र मासु तथा दुग्धजन्य पशुपालनमा जोड र कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने भनिएको छ ।

हरेक स्थानीय तहमा पशु सेवा र कृषि ज्ञान केन्द्रको शाखा विस्तार गर्ने तथा किसानलाई दक्ष सीपयुक्त बनाउनुका साथै कृषि क्षेत्रमा अनुदान बढाउने विषयमा जोड दिइएको छ ।

प्रदेशको आन्तरिक स्रोतसाधनमा आधारित प्रांगारिक र जैविक मल उत्पादन, कृषिजन्य उद्योग व्यवसाय स्थापना र सञ्चालनमा सरकारी सहयोग बढाउने, धूलो दूध उत्पादनका लागि लगानी गर्ने र कृषि सहकारीलाई प्रवर्धन गर्ने कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै, वीरगन्जको चिनी कारखाना र कृषि औजार कारखाना पुनः सञ्चालनका लागि पहल गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ५ : ५० बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५