लकडाउन खुकुलो बनाउन नयाँ मोडालिटी तयार | Khabarhub Khabarhub

लकडाउन खुकुलो बनाउन नयाँ मोडालिटी तयार


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउनलाई खुकुलो बनाउने नयाँ रणनीति बनाएको छ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन ७६ औं दिन पुग्दा सरकारले लकडाउन खुकुलो बनाउने योजनासहित नयाँ रणनीति बनाएको हो ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउन १० चरणको नयाँ मोडालिटी तयार गरेको छ ।

तयार पारेको लकडाउन खुकुलो बनाउने नयाँ मोडालिटीको विषयमा शनिबार छलफल भएको थियो । स्रोतका अनुसार, सरकारले यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई पन्छाउँदै नयाँ मोडालिटी पारेको हो

नयाँ मोडालिटी अनुसार, सरकारले असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनको लागि लकडाउनलाई खुकुलो बनाउन लागेको छ ।

आइतबार समितिले लकडाउनको मोडालिटीको विषय छलफल गर्ने र सहमति भए, मन्त्रीपरिषद्लाई सिफारिस गर्नेछ । आइतबार नै बस्ने मन्त्रिपरिषद बैठकले मोडालिटी ठीक लागे निर्णय गर्ने छ ।

गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउन जेठ ३२ गतेसम्मलाई तोकिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  १ : २० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६