जनता समाजवादीको विवाद मिलाउने जिम्मा शीर्ष तीन नेतालाई | Khabarhub Khabarhub

जनता समाजवादीको विवाद मिलाउने जिम्मा शीर्ष तीन नेतालाई


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) मा नेतृत्वमा भएके विवादसहित एकताका बाँकी काम मिलाउने जिम्मा शीर्ष ३ नेतालाई दिइएको छ ।

शनिबार तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको छलफलले सहमति जुटाउनका लागि नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई जिम्मेवारी दिएको हो ।

तत्कालीन राजपा नेपालको पार्टी कार्यालयमा भएको छलफलमा दुवै पक्षले नेतृत्व र पदाधिकारीमा आ-आफ्नो अडान नछाडेपछि एकताका बाँकी  कामसमेत टुंग्याउने गरि नेता त्रयलाई जिम्मेवारी दिएको नेता डा.सुरेन्द्र झाले जनाकारी दिए ।

गत वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको थियो । निर्वाचन आयोगमा पार्टी एकीकरणका लागि निवेदन दिएको शनिबार ४५ दिन पुगे पनि एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन ।

एकीकृत पार्टीको कार्यकारी अधिकारसहित केन्द्रीय समितिको अध्यक्षमा महन्त ठाकुरलाई र संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराईलाई राख्ने भद्र सहमति भए पनि कार्यकारी अधिकारका विषयमा अन्य नेताले असहमति जनाउँदै आएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ११ : २६ बजे

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं