दूध चिया किन हानिकारक ? यस्ता छन् कारण | Khabarhub Khabarhub

दूध चिया किन हानिकारक ? यस्ता छन् कारण


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दूध चियाको सौखिन हुनुहुन्छ भने सर्तक रहनुहोस् किनकि चियामा दूध मिसाएर पिउँदा त्यसाको लाभ नष्ट भएर जाने गर्दछ ।

दूध चियाको सेवनले तपाईको स्वास्थ्यमा कैयौं प्रकारको हानी समेत पुर्‍याउने गर्दछ । तर बिना दूधको चिया अर्थात कालो चिया तपाईको मुटु र स्वास्थ्यलाई फाइदाजनक हुन्छ ।

तर्सथ दूध चियाको चुस्किमा रमाउने लत लागेको भए पनि कालो चिया पिउने बानि बसाउनुहोस् ।

दूध चियाको बेफाइदा

दूध चियाको नियमित सेवनगर्दा यसले शरीरमा नकारात्मक हानी पुर्याउने गर्दछ । कैयौं प्रकारको शोध अनुसन्धान अनुसार चियामा दूध मिसाउँदा चियामा हुने तत्वको जैविक गतिविधि बदलिन्छ र यसको सकरात्मक प्रभाव नष्ट भएर जाने गर्दछ ।

दूध चियाको सेवनले छालामा बिभिन्न प्रकारको समस्या हुने गर्दछ । यस अलावा अनुहारमा डण्डिफोर आउन पनि दूध चियाको सेवन सहायक रहने गर्दछ ।

चियाको अधिकतम सेवनले शरीरमा गर्मी उत्पन्न हुने तथा शरीरको रसायनमा असन्तुलन पैदा गर्दछ । यस अलावा यी समस्या पनि चियाको अत्यधिक सेवनका कारण हुने गर्दछ ।

१. कब्जियत

अत्यधिक चियाको सेवन कब्जियतको कारक बन्न सक्छ । चियामा पाइने थियो फिलाइन नामक रसायनले शरीरलाई डिटक्सीफाई गर्न मद्दत गर्दछ । तर अत्यधिक थियोफिलाइनले शरीरमा डिहाइड्रेशनको शिकार बनाउने गर्दछ । जसका कारण कब्जियत हुनसक्छ ।

२. अनिन्द्रा

चियामा क्याफिनको मात्रा पाइन्छ । यस्तोमा दैनिक २ कप भन्दा बढि मात्रामा चियाको सेवन गरेमा अनिन्द्रालगायत निन्द्रा सम्बन्धिको समस्या हुने गर्दछ । निन्द्रामा हुने समस्या दूध र चिनीको चियाबाट हुने आमदुष्प्रभाव हो ।

३. मानसिक रोग
भन्दा पत्यार नलाग्न सक्छ तर कतिपय अवस्थामा दूध चियाको सेवन मानसिक रोगको कारक बन्दछ । यसको सेवनले मानसिक स्वास्थ्य, चिन्ता, तनाव र बेचैनी बढ्ने गर्दछ ।

४. ग्याष्ट्रिक
अत्यधिक दूध चियाको सेवनले पेट फुल्ने तथा ग्याष्ट्रिक लगायतको समस्या हुने गर्दछ । चियामा हुने क्याफिन पेट फुलाउने कारक बन्दछ । यसका साथै दुध र क्याफिनको मिश्रण ग्यास बनाउने काम गर्दछ ।

कालो चियाको फाइदा
बिना दूधको अर्थात कालो चियाको सेवन मुटुका लागी लाभदायक मानिन्छ । चियामा बढि मात्रामा चिनीको प्रयोग गर्दा शरीरमा चियाको लाभ पर्याप्त पुग्ने गर्दैन । चियामा हुने एन्टिइन्फ्लेमेटरी गुणले क्यान्सर जस्तो खतरनाक रोगबाट बचाउने गर्दछ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : ५२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ