बालिउडका ३ खानसहित हलिउडका सुपरस्टारलाई पछि पार्दै अक्षय कुमार | Khabarhub Khabarhub

बालिउडका ३ खानसहित हलिउडका सुपरस्टारलाई पछि पार्दै अक्षय कुमार


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका खेलाडीको नामबाट परिचित चर्चित सुपरस्टार अक्षय कुमारलाई पछिल्ला वर्षमा हिट फिल्मदिने मेसिन भनिन्छ । उनका हरेक फिल्म ब्लक बस्टर रहने गरेका छन् ।

यस सफलताकापछि अक्षयको २५ बर्षको मेहनत नै हो । अक्षयको यही मेहनतलाई निर्माताले अधिकतम पैसा लगाएर किन्ने गरेका छन् ।

अब यतिमात्र होइन, बलिउडका तीन खान त परको कुरा हलिउडका कैयौं सुपरस्टार पनि उनको तीव्र बेगको पछि परेका छन् ।

यस पटक फोब्स २०२० लिष्टमा अक्षयको हैसियत बाहिरीएको छ । फोब्सको नयाँ रिपोर्ट अनुसार अक्षय बलिउडका एकमात्र यस्ता कलाकार हुन् जसको नाम २०२० को ‘हाईएस्ट पेड एक्टर्स’को सुचिमा परेको छ ।

फोब्स २०२० को अधिकतम पारिश्रमिक थाप्ने कलाकारको सुचिमा अक्षय ५२ औं स्थानमा परेका छन् ।

यस सुचिलाई आधार बनाएर हेर्ने हो भने, अक्षयले हलिउड सुपरस्टार विल स्मिथ, जेनिफर लोपाज र इन्टरनेशनल टप पप स्टार रिहानालाई पछि छाडेका छन् । रिपोर्टमा अक्षयको बार्षिक आम्दानी ४८ दशमलव ५ मिलियन डलर बताइएको छ ।

अक्षय चाडैं रोहित शेट्टीको फिल्म ’सूर्यवंशी’ सहित ’लक्ष्मीबम’, ’बेलबटम’ र ’पृथ्वीराज’जस्ता फिल्ममाा देखा पर्नेछन् ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : ३४ बजे

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न