यी हुन् विदेशबाट फर्किएका नेपालीले आफ्नै खर्चमा क्वारेन्टाइन बस्ने होटल (सूचिसहित) | Khabarhub Khabarhub

यी हुन् विदेशबाट फर्किएका नेपालीले आफ्नै खर्चमा क्वारेन्टाइन बस्ने होटल (सूचिसहित)


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विदेशबाट फर्किने नेपालीहरूलाई राख्न सरकारले होटललाई नै क्वारेन्टाइन बनाएको छ ।

लकडाउनले ठप्प रहेका विभिन्न ४७ वटा होटेलहरुलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने गरि तयारी गरिएको हो ।

उक्त होटलहरूको सूची सरकारले सार्वजनिक गरेको छ । उक्त होटलमा क्वारेन्टाइन बस्न चाहनेको खर्च भने सरकारले ब्यहोर्ने छैन ।

अर्थात व्यक्ति स्वयमले होटलमा क्वारेन्टाइन अवधि पूरा गर्न चाहेमा सरकारले त्यसको प्रबन्ध गर्नेछ र त्यसको खर्च होटलमा बस्ने स्वयमले बेहोर्नुपर्नेछ ।

सरकारले सार्वजनिक गरेका ४७ वटा होटलको सूचीमा ३ वटा चार तारे होटल, ९ वटा तीनतारे होटलको संख्या, दुई तारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटलहरु छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् ।

ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् ।

यी हुन् क्वारेन्टाइनका लागि सार्बजनिक गरिएका होटलहरू

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ८ : ५८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न