कोरोना संक्रमण पुन : पोजिटिभ देखिएपनि डर मान्नु पर्दैन- डा. रवीन्द्र पाण्डे | Khabarhub Khabarhub

कोरोना संक्रमण पुन : पोजिटिभ देखिएपनि डर मान्नु पर्दैन- डा. रवीन्द्र पाण्डे


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सनसिटी अपार्टमेन्टका ५८ बर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ पुरुषमा फलोअप जाँचको क्रममा कोरोना संक्रमण पुन : पोजिटिभ देखिएको छ ।

यससँगै आम नागरिकमा अन्योलता देखिएको छ । यस्ता केस अमेरिका, कोरिया, चीन लगायत धेरै देशमा देखिएको जनस्वास्थ्य विज्ञ डा रवीन्द्र (समिर) पाण्डेले बताए ।

– संक्रमणबाट निको हुने क्रममा वा निको भएको केहि समयमा भाइरस लिट्टर अर्थात निस्क्रिय भाइरसका कण र मृत कोष खोक्दा फोक्सोबाट घांटीमा निस्किन्छन् । जब कोरोना संक्रमण जांच गर्नको लागि घांटीभित्रबाट स्याम्पल लिइन्छ, ती मृत कोष देखिन्छन् । PCR टेस्ट संबेदनशील परिक्षण हो । त्यसमा मृत कोष वा निस्क्रिय भाइरसका टुक्रालाई पनि पोजिटिभ देखाउन सक्छ । त्यो टेस्टमा देखिएपनि अरु व्यक्तिलाई सर्दैन ।

– परीक्षणमा त्रुटी भएमा, परिक्षणमा प्रयोग भएका रसायनको गुणस्तर राम्रो नभएमा ती रसायनले भाइरसलाई चिन्न नसकिने बनाउन सक्छन् ।

– CDC कोरियाका निर्देशक जियांग ईन-क्योंगले भनेका छन् कि बिरामीहरू पुनः संक्रमित हुनुको सट्टा भाइरस “पुनः सक्रिय” भएको हुन सक्छ।

– फ्लोरिडा कलेज अफ मेडिसिनका प्राध्यापक इमेरेटस रिचर्ड कोन्डिट भन्छन्- “धेरै व्यक्तिहरूले के बुझ्दैनन् कि पीसीआरले केवल भाइरसको आनुवंशिक सामग्रीको परीक्षण गर्दछ र यो सक्रिय भाइरसको लागि मात्र होइन ” ।

– कोरियामा निको भएका २.१ % मा केहि हप्तापछि कोरोना संक्रमण पोजिटिभ देखिएको KCDC ले जनाएको छ । त्यस्तै चीनमा ५ – १० % मा निको भएको केहि हप्ता पछि पोजिटिभ

– ती मध्ये ४४ % मा सामान्य लक्षण देखिन्छन् ।

– परीक्षणको लागि प्रयोग हुने केमिकल, प्राबिधिकको क्षमता आदिले पनि रिपोर्टमा फरक पार्न सक्छ ।

– कोरोना परिक्षणमा प्रशस्तै फल्स पोजिटिभ र फल्स नेगेटिभ रिपोर्ट आउँछ | कहिलेकाहीं स्वास्थ्यकर्मीले बिरामीबाट पर्याप्त स्याम्पल लिएका हुँदैनन् | स्याम्पलको संकलन, सुरक्षण, परिवहन र परिक्षणमा बिशेष मेहेनत नगर्ने हो भने गलत रिपोर्ट आउन सक्छ ।

– पोजिटिभ देखिए पनि खतरा हुँदैन र अरुलाई सर्दैन ।

तसर्थ निको भएका बिरामीमा पुन: पोजिटिभ देखिएमा बिरामीलाई पनि खतरा हुँदैन र ती संक्रमितबाट अन्य व्यक्तिलाई पनि रोग सर्दैन ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १ : ४६ बजे

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई