गुल्मीको क्वारेन्टाइनमा रहेका पाँच जनाको 'स्वाब' परीक्षणका लागि पठाइयो | Khabarhub Khabarhub

गुल्मीको क्वारेन्टाइनमा रहेका पाँच जनाको ‘स्वाब’ परीक्षणका लागि पठाइयो


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– कोरोना संक्रमणको आशंकामा जिल्लामा पहिलो पटक पाँच व्यक्तिको स्वाब परीक्षणका लागि पठाइएको छ ।

रेसुंगा र मुसिकोट नगरपालिका तथा सत्यवती गाउँपालिकामा क्वारेन्टाइनमा रहेका पाँच व्यक्तिको स्वाब संकलन गरेर आज प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको गुल्मी अस्पताल तम्घासका डा उत्तम पच्याले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका व्यक्तिमध्ये रेसुंगाबाट एक, मुसिकोटबाट दुई र सत्यवती गाउँपालिकावाट दुई गरी पाँच व्यक्तिको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको हो ।

स्वाब परीक्षणका लागि पठाइएका पाँचै जना यही चैत ४ गते कतार एयरवेजको विमानबाट कोरोना संक्रमित युवतीसँगै नेपाल आएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ८ : २० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न