कामदार कटौती गर्न साउदी सरकारको अनुमती, नेपाली पनि प्रभावित हुने | Khabarhub Khabarhub

कामदार कटौती गर्न साउदी सरकारको अनुमती, नेपाली पनि प्रभावित हुने


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको महामारीका कारण व्यावसाय प्रभावित भएका साउदी अरेबियाका निजी कम्पनीहरुलाई कामदार र उनीहरुको तलब नै कटौती गर्न साउदी सरकारले अनुमती दिएको छ ।

उक्त निर्णयसँगै साउदी अरबमा कार्यरत हजारौँ नेपाली कामदार प्रभावित हुने भएका छन् ।

तर, यसका लागि कामदारको सहमति पनि हुनुपर्ने सर्त राखिएको साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले केही कम्पनीहरुले कोरोनाभाइरसको संकटमा पनि कामदारको शोषण गर्न सक्ने भएकाले त्यस्तो भएमा उजुरी गर्न आह्वान गरेको छ ।

‘कुनै पनि किसिमको शोषण भएमा कामदारले मन्त्रालयको वेबसाइट, च्यानल वा सामाजिक संजाल प्लेटफर्ममा उजुरी गर्न सक्नेछन्,’ मन्त्रालयको मानव संसाधन मामिलाका निर्देशक साद अल हम्मादले  भने ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : २२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन