लकडाउनको असर– ४ प्रतिशतमा सीमित भयो बैंकिङ कारोबार | Khabarhub Khabarhub

लकडाउनको असर– ४ प्रतिशतमा सीमित भयो बैंकिङ कारोबार


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवधिमा बैंकिङ कारोबार घटेको छ ।

चैत ११ गतेदेखि लकडाउन लागू भएसँगै सर्वसाधारणहरु बैंकसम्म पुग्न सकेका छैनन् । जसरकार अहिले बैंकिङ कारोबार ९६ प्रतिशतले कम भएको छ ।

लकडाउन भएपछि बैंकहरुमा हुने आर्थिक कारोबार ठप्प प्राय छ । सामान्य समयको तुलनामा लकडाउन जारी भएयता बैंकिङ क्षेत्रमा ४३ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबारमा ह्रास आएको नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष भुवन दाहालले बताए ।

उनले भने, ‘बैंकहरुले देशभर दैनिक ९ अर्बको कारोबार गर्दै आएकोमा लकडाउन भएयता दैनिक ३ अर्बको हाराहारीमा मात्रै कारोबारा हुँदै आएको छ ।’

सामान्य दिनको तुलनामा ९६ प्रतिशतले कारोबार घटेको अध्यक्ष दाहालको भनाइ छ ।

‘दिनको तुलनामा अहिले ३.३८ प्रतिशत मात्र कारोबार हुँदै आएको छ,’ दाहालले भने, ‘बैंकिङ क्षेत्रमा अहिले ९६.६२ प्रतिशतले कारोबार घटेको छ ।’

लकडाउनका कारण चेकबाट कारोबार गर्ने ग्राहकको संख्यामा पनि कमी आएको छ । अहिले प्रत्येक दिन १३ प्रतिशतको हाराहारीमा मात्रै चेकबाट कारोबार हुँदै आएको छ ।

सरकारले सेवाग्राहीहरुलाई बैंकमा नआउन आग्रह गरेपछि एटीएम र अनलाईन बैंकिडबाट हुने कारोबार भने बढेको छ । अहिले लकडाउनलाई लक्षित गर्दै इसेवा, कनेक्ट आईपीएस, र फोन पेजस्ता अनलाइन गेटवेमार्फत हुने कारोबार बढेको छ ।

यस्तै, अहिले अनलाइन बैंकिङ गर्दा लाग्ने शुल्क समेत मिनाहा गरिएको छ ।

त्यस्तै, केही बैंकहरुले अनलाईनबाटै निःशुल्क इन्टरनेट बैंकिड खाता खोल्दा उल्टै क्यास ब्याक दिने अफरहरू समेत घोषणा गरेका छन् । जसले गर्दा इन्टरनेट बैंकिड प्रयोग बढिरहेको छ भने चेकबाट हुने कारोबार घट्दै गइरहेको छ ।

इन्टरनेट तथा मोवाइल बैंकिङ प्रविधिको गुणस्तरमा समेत अभिबृद्धि भइरहेका कारण अहिले डिजिटल कारोबार बढेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टको भनाइ छ । ‘मोबाइल र इन्टरनेट बैंकिङ प्रविधिको गुणस्तर बढेको तथा लकडाउनका अवस्थामा घरबाट बाहिर निस्किन नपाइने कारणले पनि अहिले डिजिटल कारोबार बढेको छ,’ राष्ट्र बैंकका प्रवक्ता भट्टले भने ।

बैंकहरुले लकडाउनको समयमा निश्चित शाखाहरु खोलेर सेवा दिइरहेका छन् । कडाउनको समयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकका निश्चित शाखाहरु खुल्ला रहने गरेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ४ : २८ बजे

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्