प्रधानमन्त्री ओलीको चिन्ता : अझै २ साता चुनौती थपिन सक्छ | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको चिन्ता : अझै २ साता चुनौती थपिन सक्छ


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोक्ने कार्यमा थप २ हप्तासम्म चुनौती थपिन सक्ने बताएका छन् ।

मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीको संक्रमण फैलिन नदिन सबै प्रयास जारी राखिएको उल्लेख गर्दै त्यसका बाबजुद २ हप्ता थप चुनौती थपिन सक्ने बताए ।

‘अझै पनि थप दुई साता थप चुनौती हुन सक्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस बीचमा माहारीको संक्रमण फैलिन नदिन सबै प्रयास गरिने छ । ¥यापिड टेस्ट किटले संक्रमण पहिचानमा सघाउने विश्वास लिएका छौं ।’

अहिले देखिएको संकटको कालो बादल छिट्टै हटेर जाने विश्वास लिएका प्रधानमन्त्री ओलीले त्यसबेला सम्मका लागि सबैले आफू रहकै स्थानमा सुरक्षित साथ बस्नुपर्ने बताए ।

‘जो जहाँ छौं त्यही सरक्षित रहौं । संकटको काले बादल हटेर जानेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो सीमा भित्र रहेका मानिसको रक्षा गर्नु सबै देशका सरकारको दायित्व हो । हाम्रो विश्वास छ विदेशमा रहेका नेपालीले पनि त्यहीको सरकारबाट माया पाउनुहुनेछ ।’

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ११ : ३९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न