रोनाल्डोको कपाल प्रेमिकाले नै काटिदिएपछि... | Khabarhub Khabarhub

रोनाल्डोको कपाल प्रेमिकाले नै काटिदिएपछि…


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसको महामारीले विश्वका खेलकुद गतिविधि एक महिनादेखि ठप्प छन् ।

सबैजसो खेलकुद स्पर्धा ठप्प भएपछि स्टार खेलाडीहरु घरमै आराम गरिरहेका छन् । धेरैजसो मुलुक लकडाउनमा रहँदा बाहिरफेर निस्कने समेत मुस्किल छ ।

खेलाडीहरुले पर्सनालिटी समेत म्यानेज गर्न नपाइरहँदा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डको कपाल भने उनकै प्रेमिकाले काटिदिएकी छन् ।

प्रेमिकाले कपाल काटिदिएपछि पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो खेलकुद नै नभएपनि पुनः एक पटक चर्चामा आएका छन् ।

घरमै क्वारेन्टाइनमा रहेका रोनाल्डोको कपाल आफ्नै प्रेमिका जर्जिना रोड्रिग्वेजले काटिदिएपछि उनी केही नर्भस देखिएको फोटो तथा भिडियो सार्वजनिक भएको छ ।

कुर्सीमा बसिरहेका रोनाल्डोलाई उनकी २६ वर्षीय प्रेमिका जर्जिनाले पछाडिबाट कपाल काट्दै गरिरहेकी छिन् । यसक्रममा रोनाल्डो केही नर्भस देखिँदै क्यामरातर्फ हेर्दै थम्स दिएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १० : १४ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का