धुलिखेलमा १७ जनाको स्वाब परीक्षण, शंकास्पद कसैलाई कोरोना संक्रमण नभएको पुष्टि | Khabarhub Khabarhub

धुलिखेलमा १७ जनाको स्वाब परीक्षण, शंकास्पद कसैलाई कोरोना संक्रमण नभएको पुष्टि


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा देखिएका १७ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालमा पहिलोपटक भएको कोरोना भाइरसको परीक्षणमा १७ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए ।

‘पहिलोपटक परीक्षण भएकाले तीन पटकसम्म परीक्षण गर्दा तीनै पटकको रिपोर्ट नेगेटिभ आएको छ’, झाले भने ।

अस्पतालको आइसोलेसनमा आइतबार छ र सोमबार ११ जनालाई राखिएको थियो । कोरोना भाइरस परीक्षण गरिएकाहरुको विवरण भने गोप्य राखिएको छ ।

वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि २० लाख रुपैयाँ उपलब्ध गराएपछि सोमबारदेखि धुलिखेल अस्पतालले परीक्षण शुरु गरेको हो ।

पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ९ : ५५ बजे

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर