साउदीमा २४ सै घण्टा कर्फ्यू, सतर्क रहन नेपालीलाई दूतावासको आह्वान | Khabarhub Khabarhub

साउदीमा २४ सै घण्टा कर्फ्यू, सतर्क रहन नेपालीलाई दूतावासको आह्वान


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – साउदी अरबमा कर्फ्यूको समयावधि २४ घण्टा पुर्‍याइएको छ ।

यसअघि गत अप्रिल २३ मा राति ७ बजेदेखि विहान ६ बजेसम्मका लागि आंशिक कर्फ्यू जारी गरिएको सोमबारदेखि २४ घण्टा नै पुर्‍याइएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न साउदीको गृहमन्त्रालयले रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यूको समयावधि २४ घण्टा पुर्‍याइएको जनाएको छ ।

कर्फ्यू आदेश जारी गरेको रियादस्थित नेपाली दूतावासले उक्त क्षेत्रमा रहेका नेपालीहरुलाई घरबाहिर ननिस्कने अपिल गरेको छ ।

सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन दूतावासले नेपालीहरुलाई अपिल गरेको हो ।

साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले पनि सैनिक अधिकारी र नागरिकलाई कर्फ्यूको पूर्ण पालना गर्न गराउन निर्देशन दिएको छ । कर्फ्यूको उल्लंघन गरेमा कडा कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म साउदी अरबमा २ हजार ५ सय ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ४ जना नेपाली नागरिक पनि रहेको दूतावासले जनाएको छ । साउदी अरबमा कोरोना भाइरसले ३८ जनाको ज्यान लिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ९ : १० बजे

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ