कोरोना भाइरसः अमेरिकामा एकैदिन १ हजार २४३ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसः अमेरिकामा एकैदिन १ हजार २४३ जनाको मृत्यु


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २४३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ८५९ पुगेको छ ।

अमेरिकामा एकैदिन २९ हजार ४३९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ६६ हजार ११२ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १९ हजार ५७३ जना उपचारपछि निको भएका छन् । ८ हजार ८७८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ३ लाख ३५ हजार ६८० जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६३५ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १३ लाख ४४ हजार ८५९ पुगेको छ । एकै दिन ७१ हजार ९५८ जनामा संक्रमण देखिएको छ ।
संक्रमितमध्ये २ लाख ७८ हजार बढी उपचारपछि निको भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : ०१ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का