अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुने मानिसको संख्या १० हजार नाघेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ८६९पुगेको छ । साथै समग्र संक्रमित पनि तीन लाख ६६ हजार नाघेका छन् । अहिलेसम्म अमेरिकामा करिब १९ हजार संक्रमित निको भइसकेका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ । बिरामीको संख्या बढेसँगै अमेरिकामा स्वास्थ्य सामग्रीको अभाव चुलिन सक्ने विश्लेषकहरुले चेतावनी दिइसकेका छन् ।

अमेरिकाको न्युयोर्क राज्य कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको राज्य हो । न्युयोर्कमा अहिलेसम्म समग्र संक्रमितको संख्या एक लाख ३० हजार नाघिसकेको छ । न्युयोर्कमा अहिलेसम्म ४ हजार ७ सय बढी मृत्यु भइसकेको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ५ : ५१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०