जग्गा अतिक्रमण गर्नेलाई सशस्त्रले हटायो | Khabarhub Khabarhub

जग्गा अतिक्रमण गर्नेलाई सशस्त्रले हटायो


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर – झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल तालिम शिक्षालयको जग्गा अतिक्रमण गरेर बसेका ४२ परिवारलाई हटाइएको छ ।

एक वर्षअघिदेखि पटकपटक उनीहरुलाई हट्नका लागि अनुरोध गर्दा समेत बेवास्ता गरेपछि बल प्रयोग गरेर हटाइएको सशस्त्र प्रहरी बल तालिम शिक्षालयका प्रमुख सुधीरजङ्ग थापाले जानकारी दिए ।

शिक्षालयको ८० बिघा जग्गा विगत १६ वर्षदेखि सुकुम्वासीको नाममा ४२ परिवारले अतिक्रमण गरेका थिए । गत असारमा गाउँपालिकाको रोहबरमा अतिक्रमणकारीसमेतको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले पुस मसान्तसम्ममा जग्गा खाली गर्ने सहमति भएको थियो ।

तर सहमतिबमोजिम जग्गा खाली नगरिएपछि शिक्षालयले स्थानीय पत्रपत्रिका, रेडियो र टेलिभिजनमा पुस २८ गते सूचना प्रकाशन प्रसारण गरेर उनीहरुलाई हट्न १५ दिनको म्याद दिएको थियो ।

शिक्षालयले माघ १५ गते उनीहरुको घरघरमा सूचना टाँस गरेर माइकिङ गरेर पुनः अतिक्रमित जग्गा खाली गर्न अनुरोध गरेता पनि बेवास्ता भएपछि हटाउनुपरेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सार्वजनिक जग्गा हडपेर बस्नेलाई सकेसम्म आफैँ छाडेर जान अनुरोध गर्दै पत्राचार गर्ने र अटेर गरेमा बल प्रयोग गरेर हटाउने सरकारको नीति रहेको बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ९ : ०० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न