राष्ट्रपतिको आलोचना गर्दा संसदभित्रै कुटिए सांसद | Khabarhub Khabarhub

राष्ट्रपतिको आलोचना गर्दा संसदभित्रै कुटिए सांसद


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपतिको आलोचना गरेपछि टर्कीका एक सांसदले संसदभिदै गोदाइ खाएका छन् ।

संसद बैठकमा विपक्षी दलका सांसदले राष्ट्रपति रिसेप एर्दोगानको आलोचना गरेपछि सांसदहरुबीच बिहिबार विवाद भएको थियो।

सांसद एन्जिन ओजकोकले सिरियाको इडलिबमा गत साता मारिएका ३४ सैनिकको अपमान गरेको भन्दै राष्ट्रपति एर्दोगानको कडा आलोचना गरेपछि संसदभित्रै पिटिएका हुन् ।

ओजकोकले राष्ट्रपतिलाई एर्दोगानलाई ‘बेइमान, अज्ञानी, नीच र विश्वासघाती’ भनेका थिए । उनले राष्ट्रपतिबारे बोलेपछि केही सांसदले ओजकोकमाथि मुड्की प्रहार गरे ।

केहीले झगडा रोक्न खोजिरहेका थिए, झगडाको क्रममा कतिपय सांसदहरु भुइँमै लडेका दृश्य टर्कीको टेलिभिजन हाबरर्तुकले देखाएको थियो ।

राष्ट्रपतिको आलोचना गर्ने ओजकोक रिपब्लिकन पिपल्स पार्टीका सांसद हुन्।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ६ : ५२ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा