बक्स अफिसमा अजयको तान्हाजीले कमायो यति करोड | Khabarhub Khabarhub

बक्स अफिसमा अजयको तान्हाजीले कमायो यति करोड


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता अजय देवगनको फिल्म ‘तान्हाजी’ अजयका लागि पनि विशेष फिल्म हो । किनकि, यो उनको सयौं फिल्म हो ।

अजयले ‘फूल और काँटे’ बाट बलिउड डेब्यु गरेका थिए । त्यसपछि उनले कैयन् हिट फिल्म दिए ।

हालै प्रदर्शन भएको अजयको फिल्म ‘तान्हाजी’ ले अहिलेसम्म २ सय ५० करोड भारु कमाइ गरेको छ । यो फिल्म अहिलेसम्म सबैभन्दा धेरै कमाइ गर्ने १२ औं फिल्म बनेको छ ।

फिल्मले मुम्बई सर्किटमा अझ राम्रो कमाइ गरेको छ । यहाँ फिल्मले १३२ करोड ५० लाख कमाइ गरेको छ । यो कमाइ आमिर खानको ‘दंगल’ भन्दा २८ करोड बढी हो ।

फिल्मले चौथो हप्तासम्म आउँदा कुल २ सय ५० करोड २३ लाख भारु कमाइ गरेको छ ।

फिल्ममा अजय देवगनका अलावा काजोल, सैफ अली खान लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ४ : ०६ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही